हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण ६ गते २०७९
भक्तपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका परिवर्तनशिल आवाज नामक साप्ताहिक पत्रिका आज १४ बर्ष पूरा भई १५ बर्षमा प्रवेश गरेको छ । १५औं बार्षिकत्सव माननीय महेश बस्नेतको प्रमुख अतिथिमा आज भक्तपुरको घ्याम्पे डाँडा स्थित होटल घ्याम्पे डाँडामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा माननीय महेश बस्नेतले पत्रकार कुनै न कुनै पार्टीको टोपीलाएको हुन्छ भन्दै उहाँले तर पनि पत्रकारले पत्रकारीता गर्ने बेला निष्पक्ष भएर समाचार सम्प्रेशन गर्नु पर्ने बताउँनुभयो । बार्षिकत्सव पारेर प्रधान सम्पादक कृष्ण प्रजापतिको नेपाल भाषामा लेखिएको पिने लाःम्ह मिसाचा नामक उपन्यास पनि बिमोचन गरेको थियो ।

कार्यक्रममा प्रेस चौतारी उपत्यका ईन्चार्जलगायतका अतिथिहरुले पत्रिकाको बार्षिकत्सवको बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा भक्तपुर कार्यक्षत्र बनाएर पत्रकारीता गर्ने बिभिन्न सञ्चार माध्यमसँग आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).