2022-07-25 13:58:43
भोली गाथामग चर्हे भक्तपुरमा कहाँ कस्तो बनाउँन्छ ।
ख्वप श्रावण १० गते २०७९
नेवाः समुदायमा प्रत्येक बर्षको साउन कृष्ण चतुर्दर्शीका दिन भव्यरुपमा मनाउदैँ आएको गाथामग चर्हे यो बर्ष श्रावण १० गते मंगलवार मनाउँदै छ । नगरको बिभिन्न टोलहरुमा स्थानियहरु मिलेर गाथामग चर्हे (पर्व) मनाउँने गरिन्छ । यो पर्व नेवा समुदायको बस्तीहरुमा भब्यताका साथ मनाउने गरिन्छ ।
अरु ठाउँमा भन्दा भक्तपुर नगरपालिका भित्र छुटै पृथक तरिकाबाट मनाउने गरिन्छ । बिभिन्न टोलमा भिन्दा भिन्दै तरिकाबाट मनाउँन गरिन्छ । बिशेष आकर्षणको रुपमा दत्तात्रीयमा अन्तको भन्दा अग्लो बनाउँन्छ भने सुर्यमढीको टोचा टोलमा माटोको बढी प्रयोग गरिन्छ । त्यस्तै चिचारँ ब्यासीमा मिसा मिजँ (केटा र केटी) दुईटा बनाईन्छ । धेरै जसो टोलमा गाथामगको टाउको पोकःतेप (माटोको घ्याम्पो) नै राख्ने गरिन्छ । तर सानो ब्यासी एक ठाउँमा केटा र केटी गरि दुई वटा एकै टोलमा सँगै बनाउने गरिन्छ । दत्तात्रीयको सँल्ला गणेशको अगाडी चोकमा धेरै पहिला ५ वटा सँगै राखेर बाल्ने गरिन्छ भने आजभोली ३ वटामा सिमित भएको छ । बाराहीस्थानको तेखाचो टोलमा भने मान्छे मर्नेबेला मलामी जाने जस्तै गरि जाने चलन छ भने बिभिन्न टोलमा आ आफ्नो तरिकाले आकर्षक रुपमा बनाई मनाउँने गरिन्छ ।
भक्तपुरमा गाथामग नरकट, छ्वाली, परालबाट हात खुट्टा बनाई पोकःतेप (माटोको ठुलो घ्याँपो)को टाउको बनाई नाङ्लोमा राक्षेसको जस्तो अनुहार बनाईन्छ । नरकटमा पराल बेरेर लिङ्गको आकार बनाई भोगतेलाई अन्दकोषको रुप दिएर बनाएको गाथामगलाई आ आफ्नो टोलमा प्रदर्शन गरिराख्छ । साँझ बाजागाजा सहित छ्वाली बालेर नगरबाट बाहिर दोका (चौबाटो)मा लगेर जलाउने गरिन्छ । जलाउन लानेबेला बाटो भरि बिभिन्न बोललाई लयवर्धक भाकामा गाएर जाने गरिन्छ ।










0 Comments