हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण १० गते
नेवाः समुदायमा प्रत्येक बर्षको साउन कृष्ण चतुर्दर्शीका दिन भव्यरुपमा मनाउदैँ आएको गथांमुगः चर्हे यो बर्ष श्रावण १० गते शुक्रवार मनाईयो । झरीका बावजुद पनि नगरको बिभिन्न टोलहरुमा स्थानियहरु मिलेर गथांमुगः चर्हे (पर्व) सदा झौ यो बर्ष पनि भन्यरुपमा मनाईयो । नेवाः समुदायमा गर्मीयाममा धेरै हुने लामखुट्टेको आज एयटा दाँट भाचिने भने चलन रही आएको छ भने गुन्हीपून्ही (जनैपूर्णी) को दिन क्वाटीमा दुबेर (क्वाटीको बास्नाले) लामखुट्टे मरिन्छ भने जनबिश्वास रहीआएको छ । यो पर्ब अरु नेवाः बस्तीमा भन्दा भक्तपुरमा छुटै पृथक तरिकाबाट मनाउने गरिन्छ ।
भक्तपुरमा गथांमुगः नरकट, छ्वाली, परालबाट हात खुट्टा बनाई पोकःतेप (माटोको ठुलो घ्याँपो)को टाउको बनाई नाङ्लोमा राक्षेसको जस्तो अनुहार बनाईन्छ । नरकटमा पराल बेरेर लिङ्गको आकार बनाई भोगतेलाई अन्दकोषको रुप दिएर बनाएको गथांमुगःलाई आ आफ्नो टोलमा प्रदर्शन गरिराख्छ । साँझ बाजागाजा सहित छ्वाली बालेर नगरबाट बाहिर दोका (चौबाटो)मा लगेर जलाउने गरिन्छ । जलाउन लानेबेला बाटो भरि बिभिन्न बोलमा योनजन्य बोललाई लयवर्धक भाकामा गाएर जाने गरिन्छ ।
नगरको बिभिन्न टोलमा बिभिन्न तरिकाको गथांमुगः बनाउने गरिन्छ । धेरै जसो टोलमा गथांमुगःको टाउको पोकःतेप (माटोको घ्याम्पो) नै राख्ने गरिन्छ । तर सानो ब्यासी एक ठाउँमा केटा र केटी गरि दुई वटा एकै टोलमा सँगै बनाउने गरिन्छ । दत्तात्रीयको सँल्ला गणेशको अगाडी चोकमा धेरै पहिला ५ वटा सँगै राखेर बाल्ने गरिन्छ भने आजभोली ३ वटामा सिमित भएको छ । तचपा टोल (दत्तात्रीय चोक) अन्त भन्दा अलि ठुलो खालको गथांमुगः जलाउने गरिन्छ ।
साउन कृष्ण चतुदर्शी आजका दिनलाई नेपाल भाषाबाट सिनाज्या ब्यन्केगु पनि भनिन्छ । नेपाल भाषाबाट सिनाज्या ब्यन्केगु (मरिमेटि काम सकाईसके पछि सफासुघर गर्ने दिन) अर्थात असार महिना रोपाईको समयमा सफासुघर गर्न नभ्याउने समय भएकोले यो समय खेतवारीको काम सकाई सक्ने समय भएकोले महिना दिन पछि घर सफा गर्ने दिनको रुपमा पनि लिने गरिन्छ ।
गथांमुगः भाग्यमा भन्दा कर्ममा बिश्वास गर्ने र सदैव भगवानको नाम सुन्नु पर्ला भनी कानमा ठुलो घण्टा झुण्डाएर राख्ने भएकाले यो पर्वलाई गाथामग नाम दिईएको. कथामा पढ्न पाईन्छ । राक्षेसको आकृती बनाई नग्नश्वरुप दिएर घण्टासुर बनाई दिनभर दोवाटो र चौवाटोमा उभ्याई साँझपख सेलाउने गरिन्छ । गाथामग नर्कट र छ्वालीबाट बनाईएको हुन्छ र यसलाई बिभिन्न डरलाग्दो तरिकाले सजावट गरिएको हुन्छ । गाथामगको उत्तेजक लिंगको प्रदर्शनले राक्षसको उपमा दिइएता पनि गथांमुगः भैरवको एक अंग भएको सामाजिक मान्यता पनि रहिआएको छ ।
भगस्थी (भलभल अस्तमी)को दिन भक्तपुरमा जिवित देवताहरुको रुपमा मान्दै आएका नवदुर्गा गणको जलाशय हुने परम्परा छ । सो दिन देखि गाथामग चर्हे सम्म भक्तपुरमा नवदुर्गा गण नहुने रे गाथामग चर्हेको दिन देखि नवदुर्गागणको पुणर्जन्मको रुपमा महादेवको उत्पती गर्ने चलन छ भने नवदुर्गा देवगणको मुकुन्द बनाउन माटो लिने साईतको रुपमा पनि लिईन्छ । आउने बडादशैको नवमी सम्ममा क्रमर्श नवदुर्गागणका देविहरुको उत्पति हुदै जाने चलन अनुसार मुकुण्ड बनाउदै जाने छ । बडादशौको नवमीको दिन नवदुर्गागण लाई तान्त्रिक बिधि अनुसार ब्रम्हायणी मन्दिरमा लगि जिवित देवताको पुणर््ाता दिने गरीन्छ ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).