हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण १९ गते, २०७९
भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं.७ गुण्डुमा नेपालमा पहिलो द्धारकाधाम बन्न लागेको छ । गुण्डुमा रहेको पाथिमरा मन्दिर परिसरमा बन्न लागेको आज पत्रकार सम्मेलन गरि आयोजक श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रले जानकारी दिएको हो । कार्यक्रममा ७ नं. वडाका वडाध्यक्ष रविन्द्र सापकोटाले गुण्डुमा पाथिभरा मन्दिर बनेपछि गुण्डु नयाँ धार्मीक पर्यटन क्षेत्र बनेको बताउँनु भयो । अध्यक्ष सापकोटाले मन्दिरको गुरुयोजना तयार भैसकेको बताउँदै धार्मिक पर्यटन बढाउनका लागि नगरपालिका तथा वडाले सक्दो सयोग गर्ने र गर्दै आएको पनि बताउँनु भयो । कार्यक्रममा केन्द्र तथा धामको प्रमुख संरक्षक गुरु अरविन्द शास्त्रीले भारतको चारधाम मध्येको एक धाम द्धारिकापुरी दीव्य धाम नेपालमा भक्तपुर जिल्लाको गुण्डुस्थित पाथिभरा मन्दिरको परिसरमा स्थापना गर्न लागेको बताउँनुभयो । यस स्थानमा द्धारकाधामसँगै सबै गोत्रका श्रmृषिहरु पनि स्थापना गर्ने बताउँदै त्यस पछि यस क्षेत्रको नाम श्री पाथीभरा वैष्णुदेवी द्धारकापुरी दिव्यधाम रहने बताउँनु भयो ।

त्यस्तै कार्यक्रममा केन्द्र तथा धामका अध्यक्ष नारायण प्रसाद न्यौपानेले मन्दिर निर्माणको अनुमानित बजेट १० करोड रुपैया लाग्ने बताउँनुभयो । धामको शिलान्यास यही श्रावण २५ गते बुधवार दिन हुने र मन्दिरको सम्पूर्ण काम पाँच बर्षमा पुरा गर्ने आयोजक समितिले जनाएको छ । मन्दिर निर्माणका लागि भक्तजनहरुको अपनत्व रहने गरि सम्पूर्ण भक्तजनहरुले सहयोग




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).