2022-08-05 15:08:23
जनैपूर्णीमामा हुनगइरहेको ”रात्रीकालीन सांस्कृतिक पदयात्रा” (नाइट हेरिटेज वाक)मा सहभागी हुन कीर्तिपुरवासीको आह्वान ।
कीर्तिपुर श्रावण १९ गते २०७९
कीर्तिपुरमा क्वाती पून्ही (जनै पूर्णीमा)को अवसरमा रात्रीकालीन सांस्कृतिक पदयात्रा गर्न लागेको हुनाले स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई सो कार्यक्रम सहभागी भई हेरिटेज वाकको आनन्द लिन आह्वान गरेको छ । क्वाती पून्हीको दिन यस नगरमा “बहाः चाःहिलेगु” अर्थात नगरको बिभिन्न स्थानमा रहेको देवी देवता, बिहारहरुको परिक्रमा गरि दर्शण गर्ने चलन चलिआएको छ । सोही अवसर पारेर स्वदेशी तथा बिदेशी पर्यटकहरुका लागि रात्रीकालीन पदयात्रा गर्न लागेको शुक्रवार जोशी ननी हेरिटेज होम्समा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिएको हो । “बहाः चाःहिलेगु” तथा नाइट हेरिटेज वाकमा आन्तरिक तथा बिदेशी पर्यटकहरुलाई सहभागी हुन अनुरोध गरिएको छ । उक्त कार्यक्रममा सहभागीहरुलाई रु ५००÷–को नाम दर्ता शुल्क तोकिएको जानकारी दिदै सहभागी सबैलाई जोशी ननी हेरिटेज होम्समा बेलुकाको खानाको ब्यवस्था गर्ने गरिएको जानकारी दिएको छ । कार्यक्रम बेलुका ७ बजेबाट शुरु हने र ७ बजे देखि ९ बजेसम्म खाना खाने र त्यस पछि “बहाः चाःहिलेगु” तथा नाइट हेरिटेज वाक शुरु गरिने जनाएको छ ।
“बहाः चाःहिलेगु” तथा नाइट हेरिटेज वाकमा पूर्णीमाको राती कीर्तिपुरमा भएका सम्पूर्ण चैत्य, चिभा, मठ मन्दिर, गणेश महाकाल, भैरव, एवं अन्य सो पदमार्गमा पर्ने सम्पूर्ण देव देवीहरुलाई पूजा गर्दै जाने चलन चलिआएको सम्मेलनमा जानकारी दिएको थियो । यो जात्रामा हरेक टोलका वासीन्दाले आफ्नो टोलमा रहेको गणेशलाई पूजा गरि शुरु गरिन्छ भने पदमार्ग परिक्रममा गरि अन्तिममा त्यही गणेशलाई पूजा गरि सम्पन्न गर्ने गरिन्छ । यसरी घुम्ने क्रममा कीर्तिपुरमा रहेका चिभा र चैत्यहरु, बिहार र महाबिहारहरु लगायत करिव ५३ स्थानमा बिशेष रुपमा पूजा गर्दै पदमार्गमा पर्ने सबै देवदेवीहरुलाई पूजा गर्दै बिभिन्न खानेकुराहरु चढाउँदै जाने बेला करिव ३ घण्टा समय लाग्ने अनुमान गरिएको छ । साथै यस “बहाः चाःहिलेगु” अथवा गाईजात्रा पर्वको पदमार्ग भइ घेपाँ घेघे नाच, ब्यँग्यात्मक ख्यालहरु देखाउने, दिफागः लाखे र कोतःझा लाखे नाच पर्यटकहरुका लागि आकर्षकको रुपमा रहेको छ ।
यो पर्व बिशेष गरि प्रत्येक बर्ष दिनमा मृत्यु भएका ब्यक्तिको परिवार तथा आफन्तहरु मृत आत्माको शान्तिको कामना सहित बिभिन्न खानेकुराहरु, पैसा लगयतका सामानहरु चढाउँदै नगर परिक्रममा गर्ने चलन छ । यो पर्व लिच्छवीकाल देखि नै सभ्यताको बिकास भएको पाईन्छ । त्यस्तै अरु बेला पनि कीर्तिपुर घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको लागि जोशी ननी हेरिटेज होमस्टेमा खाने बस्नेको प्याकेज कार्यक्रम पनि छिटै ल्याउँने जानकारी दिएको छ ।










0 Comments