2022-08-11 03:38:17
भक्तपुरमा क्वातीपुर्णीसँगैं सापारु (घेङताङघिसी) आजबाट शुरु
ख्वप श्रावन २६ गते २०७९
आज भक्तपुरमा पनि क्वाती पून्ही (जनैपूर्णि) धुमधाम सँग मनाउँदै छ । हरेक बर्ष श्रावण महिनाको शुक्लपूर्णिमा तिथिको दिनलाई क्वातीपून्ही (गुन्हीपून्ही) (जनैपूर्णि) मा मनाउने चलन छ । भक्तपुरमा नेवाः समुदायले जिल्लाको बिभिन्न सिवालयहरु र नगरकोटको महादेव पोखरी, भक्तपुरको हाकुफल्चा स्थित कालीदहमा स्नानगरि शिवको दर्शण गर्नेको भिड लागेको छ । जनैलाउनेले जनै फेर्ने र अरुले हातमा दोरो बान्ने चलन छ ।
आज बिहान नेवाः समुदायमा क्वाति र रोती पकाएर देविदेबतालाई प्रसाद चढाउने गरिन्छ । धानबालीको रक्षा गर्ने भ्यागुतोलाई समेत आजको दिन भात ख्वाउने गरिन्छ । नेपाल भाषाबाट ब्याँन्चाजा ख्वाउने भने गरिन्छ । यसमा भात, गहुँको सानो रोटी, मुलाको एैना लगायत बिभिन्न खानेकुरा राखेर धानबालीमा राख्नलाने चलन छ । नेपाल भाषा बाट गुन्हुँ पुन्ही अर्थात नौदिने पुर्णीमाको रुपमा लिईन्छ ।
भक्तपुरमा आजबाट गाईजात्रा शुरु भै नौ दिन सम्म बिभिन्न ब्यङग्यात्मक नाचगान गरि मनाउने गरिन्छ । आज साँझ भक्तपुरको तलेजुबाट घेन्टाङ घिसी निकाली गाईजात्रा शुरु गर्ने परम्परा छ ।










0 Comments