2022-08-12 16:29:41
आजबाट कृष्णजन्माष्टमीसम्म भक्तपुर नगरपालिका गाईजात्रामय ।
ख्वप श्रावण २७ गते २०७९
गुन्हीमून्ही पर्वको दोस्रो दिन आज भक्तपुरमा सापारु (गाईजात्रा) पर्व धुमधामसंग विहान देखि मनाईयो । भोली तेस्रो दिनदेखि गाईजात्रामय हुने छ । त्यस्तै भोलीबाट बिभिन्न संघसंस्था, टोलहरुमा साथीभाई मिलेर आफु खुशी बिभिन्न भेषभुषामा ब्यंग्यात्मक घेङताङ घिसी नाच निकाली आज कै पदमार्गमा घुम्ने गरिन्छ । बिदा नभएको दिनमा एक दुई वटा हुन्छ भने बिदाको दिनमा त १०,१५ वटैसम्म ब्यंग्यात्मक घेङताङ घिसी नाचलगायत बिभिन्न नाटकहरु निकालीने गरिन्छ । हिजोबाट भक्तपुर नगरपालिका कृष्णजन्माष्टमीसम्म नौ दिन बिभिन्न नाचगान सहितको घेङताङ घीसी नाचहरु रहने छ ।
आजको दिन बिहान सबेरै कुखुरा नवास्दै पहिला तलेजुको ताहामचा (डोकोमा कपडा बेरेर परालको सिङ राखेर बनाएको) बनाई नगर परिक्रमा गराउने प्रचलन छ । यस्तै उमेर नपुगेका बालबालिकाहरुको बाँसको डोको सिंगारेर गाईको प्रतिमा स्वरुप वनाएर नगरपरिक्रमा गराईन्छ । नेपाल भाषामा सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रममा गराएमा मृतात्माहरू गाईको पुच्छर समातेर वैतर्नि नदी तरेर स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । स्थानियहरुले विहान देखिनै गाईको प्रतिकको रुपमा घुम्न आएकाहरुलाई आ आफनो गक्ष अनुसारको फलफुल, रोटी, दक्षिण आदि दिने चलन समेत रहेको छ ।
नेवाः समुदायले विशेष पर्वका रूपमा मनाउदै आएको सापारु पर्व वर्ष दिनभित्र मरेका मान्छेको दिवंङगत आत्माले मोक्ष प्राप्त गरुन भनी र आज गाई अथवा गाईको स्वरुप ताहासाँ बनाएर नगर परिक्रमा गरायो भने मृतआत्माले गाई पूछर समाएर बैतरनी तर्ने जनविश्वास रहेको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिनदेखि नौ दिन सम्म मनाइन्ने गरिन्छ । तेस्रो दिनदेखि भने बिभिन्न ब्यङग्यात्मक नाटक, ख्याल, नाच, घिन्ताघिस नाचहरु निकालीन्छ ।
यो पर्वमा भक्तपुर नगरपालिकाले बिभिन्न नाँचहरुको मूल्याङ्गन गरि पुरस्कारको समेत ब्यवस्था गरिएको छ । मूल्याङ्गन टोली तःमारी, लायकू (दरवार क्षेत्र), तचपाल (दत्तात्रिय क्षेत्र)मा बसेर नाँचहरुको मूल्याङ्गन गरिरहेको छ । सापारुको अन्तिम ताहाःसा (ताहामचा) भैरव –परालले बेरेर बनाएको ताहासाँचा निकालिए पछि अर्काे निकाल्न पाईदैन भने चलन छ । यो भैरवको ताहासाँ हेर्न तःमारी, लायकू र तचपालमा हजारौको भिड लाग्ने गरिन्छ । ती तिन चोकमा तिन पटक घुमाउने गरिन्छ । भैरवसँगै लाकोलाछें, लयको, खँःला, गहीटीका बासिन्दा मृतकहरुको ताहासाँसँगै लानु पर्ने चलन छ ।
आजबाट कृष्णाजन्माष्टमीसम्म साँझदेखि राती ११,१२ बजेसम्म बिभिन्न नाँच, ख्याल(ब्यङग्यात्मक नटक) भैलःप्याखँ, देवी प्याखँ, गाईचा प्याखँ, फाकँदली प्याखँ, नागाचा प्याखँहरु टोलटोलमा देखाउँने गरिन्छ ।










0 Comments