हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र ९ गते २०७९
काठमाडौ उपत्यकामा अपनाइने बज्रयान परम्परा अनुसार दानपारमिता प्रमुख हुन । बुद्ध धर्ममा प्राचिनकाल देखि नै विभिन्न तरिकाबाट दान दिने अभ्यास गर्दै आएका छन भने यसको अभ्यासलाई बिशेष दिन पारेर दान पर्वको रुपमा विकसित गरेका छन । यस्तै पर्वहरु मध्य एक हुन पञ्चदान अर्थात नेपाल भाषामा  पंञ्जराँ भनिन्छ । पञ्चदान भन्नाले गृष्म मौसममा उत्पादन हुने पाँच खाद्यान्न दान भन्ने बुझिन्छ । अजा दान दिने पाँच खाद्यान्नहरुमा चामल, धान, नुन, मकै, र दाल हुन । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइन्छ ।


दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला बाजा, दाफा भजन आदि सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ ।
भक्तपुर नपा १०क्वाठण्डौं स्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, तिनख्यस् स्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गरिनुअघि यी पाँच दीपंकरहरुलाई भक्तपुर नपा ९ सूर्यमढीस्थित आदिपद्म महाविहारको बहिर सुर्यमारी चोकको दबलीमा भेला गराइन्छ । त्यहाँ विशेष पूजा सम्पन्न भएपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइन्छ ।


ती दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र, गुलुपा हातमा लिएर भिक्षाटनमा सहभागी हुने प्रचलन रहँदै आएको छ । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सकिन्छ । तर पञ्चदान पर्व भने भक्तपुर तमारीमा आएर समापन गरिन्छ । तःमारी चोकमा पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर उल्लासमय वातावरणमा उक्त संयुक्त पञ्चदान गरिन्छ ।
उक्त अवसरमा तःमारीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने गर्छन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).