2022-09-14 14:52:58
भक्तपुरमा आज यन्याँपुन्हीया पुलुकिसी जात्रा सम्पन्न ।
ख्वप भाद्र २९ गते२०७९
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको आठ दिनसम्म मनाउने परम्परागत ईन्द्रजात्राको आठौ दिन आज पुलुकिसी जात्रा सम्पन्न भएको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई लाकोलाछें टोलबाट तःमारीमा ल्याएपछि भैरवको मन्दिरमा रहेको शक्तिशाली आकाश भैरवलाई पूजा गरी पुलुकिसी जात्रा सुरु गरीन्छ ।
लाकोलाछें टोलमा बाँसको मान्द्रोले बेरी निलो कपडाले छोपेर हात्तीको जस्तै सूँढ राखी बनाइएको पुलुकिसी भक्तपुर नगर परिक्रमा गरिन्छ । पुलुकिसीलाई चार जनाले बोकेर मुनी एकजनाले घण्टा बजाएर अगाडी पछाडी दौडाउदै नगर परिक्रमा गराएईन्छ । देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई जात्राका क्रममा वंशगोपाल चोकमा धान खुवाउने, दरबार क्षेत्रमा छ्वाली बालेर आगो तपाउने र दत्तात्रयस्थित (तल्ला तुन्छी) इनारमा पानी खुवाउने प्रचलन छ ।
जात्राका क्रममा पुलुकिसीको सूँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार जात्राको बेला पुलुसिकीको सूँढले छुन्छ कि भनेर मानिसहरू भागीभागी हेर्ने गरीन्छ । पुलुकिसी जात्रासँगै आजै दुईटा याँःमता –आकाश दिप) र मूःपात्र जात्रासमेत मनाइन्छ । आज यन्यापुन्ही (ईन्द्रजात्रा)को अन्तिम दिन पुलुकिसी घुमाई सकेपछि योःमद्योलाई उखेली जात्रा समापन गरीने चलन छ ।
ऐतिहासिक देवी पुराण र पद्म पुराण गन्थ्रअनुसार देवराज इन्द्रका पुत्र जयन्त पृथ्वी लोकमा मात्र पाइने फूल खोज्न आउँन्छ । बगैँचामा जयन्तलाई फुल टिप्दै गरेको देखेपछि चोरीको आरोपमा नियन्त्रणमा लिएर हात बढिएर चोकमा राखिएको (जयन्तको प्रतिमुर्ति स्वरुप) योःमद्योलाई मुःपात्रले दुव्र्यवहार गरिएको र जयन्तलाई खोज्न पुलुकिसी अर्थात एरावत हात्ती आएको सन्दर्भमा जात्रा मनाइएको संस्कृतकर्मीहरु बताउँछन् ।










0 Comments