हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

मध्यपुर थिमि असोज ३ गते २०७९
आज सोमवार संविधान दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले प्रवचन कार्यक्रममा आयोजना गरेको छ । विभिन्न राजनीतिक दलका नेता, कानुनविद् एवम् जनप्रतिनिधिहरुले संविधानको अक्षरस पालना गरी नुपर्नेमा जोड दिएका छन । कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजान पनि सबैले संविधानको अक्षरस पालना गर्नुपर्ने औल्याए । संविधान दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रवचन कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा संविधानको मर्म र भावना अनुरुप कार्य गर्न सके मात्र नागरिकले घर आँगनमा नै सरकारको अनुभुती गर्न सकिने समेत बताएका छन् ।
उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पालिकाले संविधान प्रद्धत अधिकार उपयोग गरी आम नगरवासीहरुको हितमा कार्य योजना निर्माण गरेर अघि बढी रहेको बताउनुभयो । नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत आवश्यकताको सरल र सहज पहुँच बृद्धिका लागि नगरपालिकाले कार्य गरिरहेको समेत उहाँले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले संविधान अनुरुप अझै पनि स्थानीय तहले अधिकार प्राप्त गर्न बाँकी रहेको बताउँदैं मध्यपुर थिमि नगरपालिकाले संघीयताको मुल्य, मान्यता र मर्म अनुरुप आफ्ना हक अधिकारको उपयोग गर्दै अघि बढीरहेकको जानकारी दिनुभयो ।
त्यस्तै उपप्रमुख विजयकृष्ण श्रेष्ठले हजारौंको बलिदानबाट प्राप्त संविधानको रक्षा गर्नु मात्र नभई यसको अक्षरस पालना गर्नु पनि सबै नागरिकको कर्तव्य भएको बताउनुभयो ।संविधानको बारेमा आम नागरिकलाई सचेत बनाउन र जानकारी दिन दिवसको दिन बन्द कोठामा मात्र नभई यसरी नै खुल्लारुपमा विभिन्न कार्यक्रम आयोजना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिपकुमार प्रजापतिले अहिले मुलुकमा केही तत्वहरुले संवैधानिक संकट निम्त्याउने प्रयत्न गरिरहेको प्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिका सभापति हरिदास प्रजापतिले संविधानलाई क्रमशः कार्यान्वयन गर्दै संस्थागत गर्ने क्रममा मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 


प्रवचन कार्यक्रम अघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । नगरको वडा नं. ४ स्थित बालकुमारी प्रांगणबाट शुरु भएको प्रभातफेरी कार्यक्रम दथुटोल, निःगुपुखुः (दुई पोखरी) हात्तिमहाकाल, चपाचो, गुंगचिवाः, बहाखाबजारहुँदैं मध्यपुर व्यांक्वेट पुगेर समापन भएको थियो । प्रभातफेरीमा नगरपालिकाका जनप्रतिनिधिहरु, नगरका विभिन्न सामाजिक संघ संस्था, सहकारी संस्था, खेलाडी, सर्वसाधारण नागरिक, विद्यालय, नगरपालिकाका कर्मचारीहरु, प्रहरीको सहभागिता रहेको थियो । 
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).