2022-09-26 05:18:14
यो बर्ष महान चाँड बडादशैंको पहिलो दिन घटस्थापन मनाउँदै भक्तपुरबासी ।
ख्वप असोज १० गते २०७९
हिन्दुहरुको महान चाँड बडादशैं आजबाट शुरु भएको छ । बिजया दशमीको पहिलो दिन आज घटस्थापना घरघरमा जमरा राख्ने दिन हो । भक्तपुरमा जमरा राख्न खोलाबाट पाँगो माटो लिएर घरमा माटोको गमला, भ्यःग, लगायतको पुरानो घरमा ग्वाखँमा र बिभिन्न माटोका भाडोमा जमरा राख्ने गरिन्छ । परम्परा देखि चलिरहेको तःमारीमा यसपालि पनि माटोको भाडाकुडा बेच्न आउने कुम्ह (प्रजापतिहरु) हिजो देखि ब्यापार गर्दै आईरहेका छन् । तर गत बर्षहरुमा जस्तै भिड भने लागेको छैन । समयको परिवर्तन सँगै आज भोली पूजाको लागि चाहिने सम्पूर्ण सामान बजारमा किन्न पाईन्छ । पहिला जस्तो घर घरमा भ्याई नभ्याई बनाउन पर्दैन ।
फोटो प्रकाश मल्लफोटो - प्रकाश मल्ल











0 Comments