हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पुष २४ गते
 भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई छिटो छरितो झन्झत नहोस्र भन्नका लागि टाइम कार्ड लागु गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउँनुभयो । प्रजिअ शर्माका अनुसार प्रशासनबाट दिने कुनै पनि सेवा १५ मिनेट देखि ४५ मिनेट भन्दा बढी समय नलाग्ने गरि समय तालिका (टाइम कार्ड) लागु गरेको बताउँनुभयो । गत शुक्रवारबाट शुरु गरिएको टाइम कार्डको आजबाट यसको प्रभाकारी कार्यान्वयनमा ल्याएको प्रजिअ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार टाइम कार्ड लागु गरेपाछि जिल्ला प्रशासनबाट सेवा दिने नयाँ नागरिकता, राहदानी, जनजाती पहिचान सिफारिसका लगायतका लागि १५ मिनेट देखि ४५ मिनेटमा सेवा दिने गरि समय तालिका मिलाएको प्रजिअ शर्माले बताउनुभयो । त्यस्तै राष्ट्रिय परिचय पत्रको विवरण दर्ताका लागि ३० मिनेट वितरणका लागि १५ मिनेट, मुद्धा पेशी र तारिखका लागि १५ मिनेट ,मुद्धा फैसला बढीमा ६० दिन भित्र गरि सक्ने, पेन्सन सिपारिसका लागि १ घण्टा, नाबालक प्रमाण पत्रका लागि ४५ मिनट भित्रगरी सक्ने गरि समय तालिका निर्धारण गरिको शर्माले जानकारी दिनुभयो । टाइम कार्ड लागु भएसँगै सेवाग्राहीका लागि सेवा प्रवाहलाई थप बिश्वासिलो र प्रभावकारी बनाउन कर्मचारी व्यवस्थापन पनि सोही अनुरुप गरिएको बताउँदै सेवाग्राहीको गनासो नआउने गरि काम गर्न कर्मचारीलाई निर्देशन गरिएको र गुनासो आएमा तत्काल सुनुवाई गरिने समेत बताउँनुभयो । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधव प्रसाख शर्माले प्रशासन अन्तर्गत कार्यालयहरुमा ढिलासुस्ती भएको र झन्झटिलो भएको गुनासो नआओस र जनताले सहज छिटो र छरितो सेवाको महसुस गरुन भनेर पहिलो पटक टाइम कार्ड लागु गरिएको बताउँनु भएको छ । सहायक प्रजिअ शर्माका अनुसार कार्यालयमा सबैले देख्ने गरि टाइम कार्ड लागू गरिएको बोर्ड समेत राखिएको बताउँदै टाइम कार्ड लागूसँगै कर्मचारीलाई थप जिम्मेवारी बनाएको र समय व्यवस्थापनसँगै सेवाप्रवाहका लागि बैज्ञानिक भएको बताउनु भयो । तर अपाङ्गता भएका, असक्त, जेष्ठ नागरिक, दुधे बच्चा भएका महिला लगायतकालागि टाइम कार्ड लागु नहुने र प्राथमिकतामा राखेर पहिलो सेवा प्रवाह गरिने र कार्यालयमा आउन नसक्ने अशक्त, अपाङ्गता भएका नागरिकहरुका लागि भने प्रशासनले घर घरमै गएर सेवा प्रवाह गर्दै आइरहेको प्रशासनले जनाएको छ । त्यस्तै कुनै पनि सेवाका लागि आवश्य कागजपत्र पुरा नभएका सेवाग्र्रहीलाई आवश्यक कागजपत्रका बारे जानकारी दिने र कागजपत्र पुरा भएकाको हकमा ताकिएको समय भित्रै सेवा प्रवाह पाउने सुनिश्चितता गरेको प्रशासनले जनाएको छ । यस्तै मोलपोत, भुमिसुधार र यातायात कार्यालय लगायत बढी भिड हुने कार्यालयहरुमा पनि टाइम कार्ड लागु गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनु पर्ने देखिन्छ । 


 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).