हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर नगरपालिकाको १४औं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत  
 आ.व. २०८०÷८१) को नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ ।
भक्तपुर नगरपालिकाले गरेका विभिन्न पक्षबारे अध्ययन गर्न देशका विभिन्न पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू भ्रमणमा आउने क्रम जारी छ । एउटा नगरपालिकाकाले शिक्षा, स्वास्थ्य,  सम्पदा संरक्षण, सरसफाइजस्ता काम कसरी सम्भव भयो भनी जिज्ञासा राख्नुहुन्छ र आ—आफ्ना पालिकामा पनि भक्तपुर नगरले जस्तै काम गर्ने बताउनुहुन्छ । त्यसबाट भक्तपुरका जनताको आफ्नो कामप्रति जिम्मेवारी बढेको अनुभूति हुन्छ । यो स्थितिलाई अझ उचाइमा पु¥याउन यहा“का जनतालाई केन्द्रमा राखेर इमानदारीपूर्वक जनताको सेवा गर्ने प्रण गर्दै आ.व. २०८०।८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत यस्तो छ
क) शिक्षा ः
१)     लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसदबाट विधेयक पारित गराउन भक्तपुर नगरपालिकाले निरन्तर जोड दिनेछ र विश्वविद्यालय सञ्चालनको लागि विज्ञहरूको टोली गठन गरी प्रकृया अगाडि बढाइने छ । 
२)    भक्तपुर नगरपालिकाद्वारा ८ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएकोमा विद्यार्थीहरूको माग र आवश्यकताअनुसार हाम्रा कलेजहरूमा स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ कार्यक्रमहरू थपिँदै लगिने छ । कलेजहरूको आयोजनामा विगतका वर्षहरूमा झैँ राष्ट्रिय सम्मेलन आयोजनालाई निरन्तरता दि“दै ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा विविध विषयहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने छ । 
३)    स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षकहरूका लागि समय समयमा विशेष तालिमको व्यवस्था गरिनेछ र विषयवस्तुस“ग सम्बन्धित सन्दर्भ सामाग्रीहरू नियमित रुपमा प्रकाशित गरिने छ । स्थानीय पाठ्यक्रम ख्वपको पहिचानलाई सहयोग पुग्ने गरी भक्तपुरको सामाजिक र संस्कृति झल्किने सांस्कृतिक संग्रहालय निर्माणको लागि प्रक्रिया थालनी गरिनेछ ।
४)    विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धाको नीति लिइने छ । हाजिरीजवाफ, निबन्ध, साहित्य, चित्रकला प्रतियोगिता तथा समय समयमा शैक्षिक प्रदर्शनीहरूको आयोजना गरी सबै विद्यालयहरूको शैक्षिक गुणस्तर उठाउने गतिविधिलाई चालू राखिने छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बृद्धि गर्न संस्थागत क्षमता, जनशक्ति परिचालन र नतिजामूलक अनुगमनसहित विशेष पहल गरिने छ ।
५)    उच्च शिक्षा हासिल गर्ने गरिब तथा  विपन्न विद्यार्थीहरूका लागि प्रदान गर्दै आएको शैक्षिक ऋणलाई निरन्तरता दिदै इतिहास, भूगोल, संस्कृति, राजनीति शास्त्र अध्ययन गर्ने विद्यार्थीहरूलाई दिइ“दै आएको स्नातकदेखि विद्यावारिधिसम्म अध्ययनमा पूर्ण छात्रवृत्ति कार्यक्रमलाई चालू राखिनेछ र आगामी आ.व.देखि अर्थशास्त्र, तर्कशास्त्र, दर्शनशास्त्रको अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ । 
६)    नगरभित्रका मा.वि.हरूमा विज्ञान र गणित प्रयोगशालाहरू नभएका विद्यालयहरूमा क्रमशः निर्माण गर्दै लगिनेछ । विद्यालयहरूका परीक्षाको नतिजाका आधारमा शिक्षक र विद्यार्थीहरूलाई प्रोत्साहनको नीति लिइनेछ ।
७)    विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी कम भएका विद्यालयहरूका लागि स्वयम्सेवक शिक्षकहरूको व्यवस्था गरिनेछ । साथै विद्यालयहरूमा नैतिक र व्यवहारिक शिक्षाको लागि छुट्टै अतिरिक्त विषयको अध्यापनको व्यवस्था मिलाइनेछ । 
८)    कलेजहरूमा अध्ययन अध्यापनको साथै अनुसन्धान क्षेत्रमा पनि जोड दिइनेछ । त्यसको लागि प्रत्येक कलेजमा अनुसन्धान युनिटहरूको लागि आवश्यक बजेटको विनियोजन गरिने छ । 
९)    ‘एक विद्यालय एक सम्पदा सरसफाई’ नीतिलाई व्यवस्थित र थप प्रभावकारी ढङ्गले अगाडि बढाइनेछ । विद्यालयहरूमा स्काउट र खेलकुद प्रशिक्षणको व्यवस्था क्रमशः गरिदै लगिने छ ।
१०)    जनज्योति पुस्तकालयलाई आधुनिक र सुविधासम्पन्न पुस्तकालयको रुपमा क्रमशः विकास गरिनेछ र वडा वडामा रहेका पुस्तकालय र वाचनालयहरूलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याई युवा विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा जोड दिइनेछ ।
११)     युवा विद्यार्थीहरूलाई लागूपदार्थ दुव्र्यसनीबाट बचाउन त्यसबारे विज्ञहरुमार्फत प्रबोधीकरण कार्यक्रम अगाडि बढाइनेछ ।
१२)    नगरभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न विज्ञहरूको संयन्त्रबाट अनुगमनको व्यवस्था मिलाइनेछ । विद्यालयहरूलाई दिइँदै आएको अनुदान रकममा विज्ञ टोलीको सिफारिसको आधारमा वृद्धि गर्दै लगिनेछ ।
१३)    विद्यालयहरूमा सञ्चालित ‘बाल विकास’ केन्द्रहरूको गुणस्तर वृद्धिको लागि आवश्यक व्यवस्था गरिनेछ । गृहिणी महिलाहरूका लागि ‘निरन्तर शिक्षा’ सञ्चालन गरिनेछ । 
१४)    अपाड्डता भएका विद्यार्थीहरुका लागि प्रदान गरिँदै आएको विशेष कक्षालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने नीति लिइनेछ ।
ख) स्वास्थ्य ः
१५)    ख्वप अस्पतालमा भौतिक सुधारका साथै आवश्यकताअनुसार स्वास्थ्य उपकरणहरू र जनशक्तिको व्यवस्था गरी आधुनिक प्रविधिसहितको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरिनेछ । उक्त अस्पतालमा सिटी स्क्यानको व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । 
१६)    नगरका विभिन्न स्थानमा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जन स्वास्थ्य केन्द्रबाटसमेत विशेषज्ञ चिकित्सकहरूबाट उपचार प्रदान गरिने छ । नगरबासीहरूलाई निःशुल्क अक्सिजन वितरण, निःशुल्क रगतको व्यवस्था र गम्भीर रोग लागेका बिरामीहरूलाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
१७)    घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिइने छ र कार्यरत नर्स र स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत नगरबासीहरूको व्यक्तिगत स्वास्थ्य विवरण 
तयार गरी थप प्रभावकारी बनाउँदै लगिनेछ । 
१८)    नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणको लागि समय—समयमा वडा वडामा विशेषज्ञहरूसहितको स्वास्थ्य टोलीहरूमार्फत स्वास्थ्य शिविरहरू सञ्चालन गरी थप प्रभावकारी बनाउँदै लगिनेछ । विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ ।
१९)    आयुर्वेदिक स्वास्थ्य उपचारलाई वडा वडामा विस्तार गरिनेछ । भनपा १० बेखालमा निर्माणाधिन स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइने छ र भनपा वडा नं ७ ख“चामा स्वास्थ्य केन्द्र निर्माण कार्य अगाडि बढाइने छ ।
२०)    स्वास्थ्य बीमामा सबै नागरिकलाई आबद्ध गराउन नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ ।
२१)    भक्तपुर च्याम्हासिंहमा सञ्चालित ख्वप तीलगंगा आँखा अस्पतालबाट हुने सेवालाई समन्वयात्मक ढङ्गले विस्तार गर्र्दै लगिनेछ र स्वासप्रश्वास पुनःस्थापना केन्द्रलाई थप प्रभावकारी बनाइनेछ ।
ग) सम्पदा र संस्कृति ः
२२)    हनुमानघाट, चुपिंघाट, मंगलतीर्थ, कासाङघाट, धालाखुसीघाट लगायतका तीर्थ स्थल एवम् घाटहरूको सुधारको निम्ति गुरु योजना तयार गरी स्थानीय जनता, आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण र अध्ययन अनुसन्धानको क्षेत्र बनाउने प्रकृया अगाडि बढाइनेछ । 
२३)    भक्तपुरको कला, साहित्य, सम्पदा, वातावरण एवम् संस्कृतिको अध्ययन अनुसन्धान गर्ने शोधकर्ताहरूका लागि अनुदानको व्यवस्था गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइने छ । 
२४)    परम्परागत सा“स्कृतिक संरक्षण र प्रबद्र्धनको लागि नगरस्तरीय प्रतियोगिता संचालन गरिनेछ र सा“स्कृतिक प्रतियोगिताको आयोजना गर्ने संघ—संस्थाहरूलाई आर्थिक सहयोगको व्यवस्था गरिनेछ । 
२५)    परम्परागत शैलीमा घर बनाउने घरधनीहरूलाई दिइंदै आएको आर्थिक अनुदानलाई निरन्तरता दिइनेछ । त्यसको निम्ति केही सीमा र स्तर तोकिनेछ ।
२६)    दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माण कार्य सुरु गरिनेछ । कला संग्रहालय रहेको लाल बैठक सहितको न्ह्यकं झ्या दरबारलाई पनि पुनःनिर्मााणको लागि आवश्यक प्रकृया अगाडि बढाइनेछ । 
२७)    भक्तपुर दरबार क्षेत्रको ९९ चोक लगायत बसन्तपुर दरबार र भनपा वडा नं ५ स्थित जगन्नाथ क्षेत्रको उत्खनन् कार्यलाई अगाडि बढाइनेछ । त्यसको लागि विज्ञ समूहको गठन गरिनेछ ।  
२८)    विद्यालयहरूमा सा“स्कृतिक प्रशिक्षणको व्यवस्था मिलाइनेछ र नगरपालिकाले त्यसको लागि प्रशिक्षकको व्यवस्था गरिनेछ । 
२९)    निर्माणाधीन छुमा गणेश द्योछेँ, भाज्या पोखरी, हाडा छेँ, लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पन्न गरिनेछ । इखालाछी मठ पुनःनिर्माणको कामलाई निरन्तरता दिइनेछ र त्यसको लागि सम्बन्धित पक्षहरूस“ग सहमतिमा आवश्यक बजेट विनियोजन गरिने छ । 
३०)    सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै वडा स्तरबाट हुनसक्ने सम्पदाहरू संरक्षणको लागि वडा वडाको लागि छुट्टै बजेटको व्यवस्था गरिनेछ ।  
३१)    पुरानो नगर क्षेत्रभित्र माटो जोडाइको भूकम्प प्रतिरोधी घर र सम्पदा पुनः निर्माणलाई प्रोत्साहित गरिनेछ । 
३२)    सा“स्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेका निजी घर पुनःनिर्माणमा समस्या देखिएको अवस्थामा र तत्काल नबनाइएमा सम्पदामा क्षति पुग्ने सम्भावना देखिएमा  नपाले आफ्नो लगानीमा पुनःनिर्माण सम्पन्न गरी पछि घर धनीसँग लागत लिई घर फिर्ता गर्ने शर्तमा संरक्षणको नीति लिइनेछ । 
घ) कृषि ः
३३)    घरबाट निस्किने कुहिने र नकुहिने फोहर अलग अलग संकलन गरी नयाँ प्रविधिबाट कुहिने फोहरको कम्पोष्ट मल बनाई किसानहरूलाई कम्पोष्ट मल प्रयोग गर्न प्रोत्साहित गरिनेछ र कौसी खेतीको तालिम वडा वडामा सघन रुपमा संचालन गरिनेछ । 
३४)    माटोको गुणस्तरमा ह्रास आएको कारण कृषि उत्पादनमा असर परिरहेको कुरालाई ध्यान दिएर किसानहरूलाई माटो परीक्षणको तालिम दिइनेछ ।  
३५)    किसानहरूले उत्पादन गरेको तरकारी बेचबिखनको लागि भनपा वडा नं. ५ स्थित भेलुखेलमा  निर्माणाधिन तरकारी बजार सञ्चालनमा ल्याइने छ ।
३६)    किसानहरूले उत्पादन गरेका तरकारी, बीऊबिजन फलफूललगायतका कृषि उपज सङ्कलन तथा भण्डारण गर्न भनपा ८ लिवालीमा निर्माणाधीन चिस्यान केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
३७)    किसानहरूलाई सिजनअनुसार कृषि बीऊ वितरण गर्दै आएकोलाई निरन्तरता दिइनेछ र किसानहरूलाई नयाँ नयाँ प्रविधिबारे कृषि विज्ञहरूमार्फत निरन्तर तालिमको व्यवस्था गरिनेछ । नयाँ पुस्तालाई आधुनिक कृषि खेतीतर्फ आकर्षित गर्न कृषि विद्यालय स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।
३८)    कृषिसम्बन्धी विभिन्न विषयको अध्ययन अनुसन्धान गर्न नगरभित्र एक कृषि अनुसन्धान केन्द्र सञ्चालनको लागि आवश्यक व्यवस्था गरिनेछ ।
३९)    उपभोक्ताहरूलाई अस्वस्थकर मासुबाट हुने रोगबाट बचाउन नगरभित्र उपयुक्त स्थानमा एक व्यवस्थित वधशालाको निर्माण गरिनेछ ।
४०)    छाडा छोडिएका दोपाया, चौपाया र भुस्याहा कुकुर नियन्त्रणको लागि आवश्यक व्यवस्था गरिनेछ र पशुपन्छीबाट हुने रोगबाट बच्न आवश्यक खोपको व्यवस्था गरिनेछ ।
४१)    कृषि तथा पानी, दुध र अन्य खाद्यान्न परीक्षण गर्न प्रयोगशालाको व्यवस्था गरिनेछ ।
४२)    भक्तपुर नगरभित्रका किसानहरूको सूचीकरण गरिने छ । 
ङ) पर्यटन ः
४३)    आ.व. २०७६।७७ मा भक्तपुर महोत्सव गर्ने अन्तिम तयारी भइसकेको थियो तर विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ को कारण स्थगित गरिएको थियो । त्यसलाई ध्यानमा राखी सरोकारवालाहरूसँग छलफल गरी समय समयमा सा“स्कृतिक प्रदर्शनी, सम्पदा पदयात्रा, विभिन्न सांस्कृतिक उत्सव एवम् मेलाको आयोजना गरी पर्यटन गतिविधि बढाउने कार्यक्रमहरूमा जोड दिइनेछ । 
४४)    पर्यटन व्यवसायमा थप टेवा पु¥याउन होम–स्टे र फेमिली—स्टे कार्यक्रमलाई अगाडि बढाइनेछ । 
४५)    नगरका गली र चोकहरूमासमेत समय समयमा पर्यटकीय गतिविधिहरू गरी पर्यटन प्रबद्र्धनलाई जोड दिइने छ । यस्ता गतिविधिहरूले नगरका विभिन्न ठाउँमा बस्ने नागरिकहरूको जीवनमा पर्यटनबाट प्रत्यक्ष फाइदा पुग्ने हाम्रो विश्वास छ । 
४६)    स्थानीय परम्परागत उत्पादन र सीपलाई स्थानीय जनताको आय आर्जनको श्रोतको रुपमा विकास गरिने छ ।
च) वातावरण र सरसफाइ ः
४७)    भक्तपुर नगरका विभिन्न ठाउँहरूमा छरपष्ट रुपमा रहेका विद्युत, विभिन्न केवुलका तारहरूले नगरको वातावरणलाई प्रदुषित बनाइरहेको छ । पर्यटकीय नगर भक्तपुरको सुन्दरतालाई कायम राख्न छरपष्ट रहेका तारहरू सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी भूमिगत बनाउने प्रकृयालाई अगाडि बढाइनेछ । 
४८)    नगरका प्रमुख चोक र पर्यटकीय क्षेत्रहरूमा हरियाली प्रबद्र्धनको नीति लिइनेछ र नया“ बस्ति क्षेत्रमा घर बनाउनेलाई आप्mनो जग्गामा कम्तीमा एउटा रुख रोप्ने नीति अबलम्बन गरिनेछ । 
४९)    भक्तपुर नगरको मूल सडकमा भारी सवारीसाधनहरू क्रमशः निषेध गर्दै लगिनेछ र नगरको मूल सडकलाई पैदल यात्रीमैत्री बनाउ“दै लगिनेछ । साथै आवास योजनाहरूमा भारी सवारीसाधनहरू निषेध गर्ने नीति लिइने छ ।
५०)    पुनः प्रयोग गर्न मिल्ने बस्तुहरूबाट विभिन्न सामाग्रीहरू तयार गरी पुनःप्रयोगको व्यवस्था मिलाइनेछ । प्लाष्टिक झोलाको प्रयोगलाई कम गर्दै लगिने छ । प्लाष्टिकजन्य वस्तुहरू सडक किनार, खोला किनार र चोकलगायतका सार्वजनिक स्थलहरूमा बाल्न निषेध गरिनेछ ।
५१)    हनुमानघाट र सल्लाघारीको फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य शीघ्र सम्पन्न गरी प्रयोगमा ल्याई खोलाहरूमा सफा पानी बग्ने वातावरण निर्माण गरिनेछ । 
५२)    नगरपालिका क्षेत्रभित्रका खुला स्थान, तीर्थस्थल, सडकको दायाँबायाँ, खोला किनारलगायतका स्थानमा उपयुक्त जातका रुखहरू रोपेर हरियाली व्यवस्थापन कार्य अगाडि बढाइनेछ ।
छ) खानेपानी ः
५३)    परम्परागत खानेपानीको स्रोतको रुपमा रहेको कुवा, इनार, ढुङ्गेधारा र अन्य श्रोतहरूको पहिचान गरी त्यसको सुधार र संरक्षण गरिनेछ । 
५४)    खानेपानीको दीर्घकालीन समाधानको लागि मेलम्चीको पानी नगरबासीहरूको घर घरमा पु¥याउन पाइपलाइन विस्तार गरी आवश्यक व्यवस्था मिलाइने छ । नयाँ पाइपलाइन विस्तार नभएसम्मको लागि केयुकेएलसँग समन्वय गरी सम्भव भएसम्म सबै ठाउँहरूमा पुरानै पाइपबाट पानी वितरण कार्यलाई अगाडि बढाइने छ । विभिन्न श्रोतबाट वितरित पानीलाई थप प्रभावकारी बनाउ“दै लगिनेछ । 
५५)    आकाशे पानी सङ्कलन विधिलाई प्रोत्साहित गरिनेछ । साथै खानेपानीको नया“ श्रोतहरूको पहिचान गरी त्यसको संरक्षण र वितरण गरिनेछ । 
ज) खेलकुद ः
५६)    नगरपालिकाबाट दिइ“दै आएको विभिन्न खेलहरूको प्रशिक्षणलाई निरन्तरता दि“दै विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरू पठाइ प्रशिक्षणको व्यवस्था मिलाइनेछ । 
५७)    नियमित रुपमा संचालन हु“दै आएको अन्तर नगर खेलकुद प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइने छ । 
५८)    विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउन अन्तर विद्यालय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ । 
५९)    शहीद स्मृति खेल मैदान र महेश्वरी खेल मैदानलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरिनेछ । 
६०)    टोल टोलमा स्थापना गरिएका शारीरिक व्यायामशालाहरूको स्तरोन्नति गरी थप प्रभावकारी बनाउ“दै लगिनेछ ।
६१)    खेलकुद विकासलाई टेवा पुग्ने गरी खेलकुद प्रतियोगिता आयोजना गर्ने विभिन्न सङ्घ—संस्थाहरूलाई आर्थिक सहयोगको नीति अबलम्बन गरिने छ । वडा वडामा रहेका टीम, क्लबहरु परिचालन गर्न आवश्यक सहयोग गरिनेछ ।
६२)    खेलकुदका विविध विधालाई विशेष रुपमा अगाडि बढाउन बिषयगत नगर खेलकुद समितिहरू गठन गरिने छ । यसले खेलकुद क्षेत्रको विकासलाई टेवा पु¥याउने हाम्रो विश्वास छ ।
झ) युवा र आत्मनिर्भरता ः
६३)    युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन फ्रिज, वासिङ मेसिन, मोबाइल, मोटर साइकल, पानी तान्ने पम्प जस्ता विद्युतीय मेसिनहरूको मर्मत र ड्राइभिङलगायतका सीपमूलक तालिमहरू सञ्चालन गरिनेछ । त्यसैगरी डकर्मी, सिकर्मी, लोह“कर्मी जस्ता अन्य रोजगारमुलक तालिमहरूका साथै विदेशी भाषाहरूको तालिमलाई निरन्तरता दिइने छ र हाल सञ्चालनमा रहेका सिलाइ, बुनाइ, हेयर कटिङ र कुकलगायतका तालिमहरूलाई पनि निरन्तरता दिइनेछ । यसबाट धेरै युवाहरूले आत्मनिर्भर भएर बाँच्न सक्ने क्षमताको विकास गर्ने हाम्रो विश्वास छ ।
६४)    युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत दरमा युवा उद्यमशील ऋणको व्यवस्था गरिनेछ । 
६५)    शिक्षित युवाहरूलाई लक्षित गरी लोक सेवा, शिक्षक सेवालगायत अन्य सेवा लक्षित प्रशिक्षणहरूको व्यवस्था गरिनेछ । 
ञ) सहकारी ः    
६६)    सहकारी संस्थाहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुका साथै सीपमूलक तालिमहरू दिएर युवाहरूलाई आत्मनिर्भर बनाउने नीति लिइनेछ । 
६७)    सहकारी संस्थाको सामुदायिक विकास कोषलाई समुदायको हितमा प्रयोग गरिने छ ।
६८)    सहकारी संस्थामा रहेका सर्वसाधारण जनताको बचत रकम सुरक्षित बनाउन अनुगमनलाई प्रभावकारी बनाइनेछ । 
६९)    नगरबासीहरूलाई वित्तीय साक्षरता अभियान सञ्चालन गरिनेछ ।
ट) विविध ः 
७०)    भनपा वडा नं ६ स्थित देकोचामा अरनिको सभाभावनको निर्माण कार्यलाई नगरको गौरवको योजनाको रुपमा बहुवर्षीय योजना अन्तर्गत अगाडि बढाइनेछ । त्यसको लागि बजेट विनियोजन गरिनेछ । 
७१)    भनपा वडा नं. ६ मा निर्माणाधीन आदर निकेतनको बाँकी काम सम्पन्न गरी संचालनमा ल्याइनेछ । यसले जेष्ठ नागरिकहरूलाई सेवा पुग्ने छ ।
७२)    नगरको सन्तुलित विकासको लागि ठाउ“ ठाउँमा पार्किङको व्यवस्था मिलाइनेछ । अव्यवस्थित पार्किङको कारण भइरहेको दृष्य प्रदुषण कम हुने छ र हाल निर्माण सम्पन्न पार्किङ स्थलहरू कार्यान्वयनमा ल्याइने छ ।
७३)    घरेलु उत्पादनहरू जुजु धौ, ताइचिन च्यूरा, भादगाउँले टोपीको प्रबद्र्धनका लागि आवश्यक व्यवस्था मिलाइने छ र समय समयमा घरेलु उत्पादन मेलाको आयोजना गरी घरेलु उत्पादनलाई टेवा पु¥याउने गतिविधिलाई निरन्तरता दिइने छ ।
७४)    नगरको बजार व्यवस्थापन, अनियमित निर्माणहरूको नियन्त्रण र आन्तरिक र बाह्य पर्यटकहरूको आवागमनलाई सहज बनाई भक्तपुरलाई एक सुरक्षित नगरको रुपमा विकास गर्न नगर प्रहरीको व्यवस्था गरिनेछ । 
७५)    देको–मिवा इतापाके आवास योजनाका बाँकी कामहरू सम्पन्न गरी जग्गा धनी र मोहीलाई जग्गा फिर्ता गरी उक्त ठाउ“लाई व्यवस्थित शहरको रुपमा विकास गरिनेछ । 
७६)    भनपा–१० कमल विनायकमा वहुउद्देश्यीय भवन निर्माण प्रकृयाको थालनी गरिने छ । 
७७)    सार्वजनिक, पर्ति जग्गा, पोखरी तथा खुल्ला क्षेत्रको संरक्षण गरी सार्वजनिक हितमा प्रयोगमा ल्याइनेछ । 
७८)    हनुमन्ते खोला दाया“ वाया“ करिडोर निर्माण कार्यलाई अगाडि बढाइनेछ । 
७९)    नगरभित्र डेरामा बस्नेहरूको अभिलेख तयार गरी सेवा सुविधाको व्यवस्था गरिनेछ । 
८०)    प्रत्येक नागरिकलाई देश र जनताप्रति सेवाको लागि कर्तव्यबोधको भावना जगाउने कार्य गरिनेछ ।
८१)    भक्तपुर औद्योगिक क्षेत्र भित्रको हस्तकलालाई पुनःव्यवस्थित  संचालनमा ल्याइने छ ।
८२)    व्यवसायीहरूलाई सहज बनाउन स्थानीय तहमै ढक तराजुको नवीकरणको व्यवस्थाको लागि सम्बन्धित पक्षसँग समन्वय गरी प्रकृया अगाडि बढाइने छ ।
८३)     नगरपालिका र वडा कार्यालयमार्फत प्रदान गरिने सेवा सुविधालाई चुस्त र प्रभावकारी बनाउन अनलाइन विधिमार्फत कर तिर्ने, नक्सापास प्रक्रिया अगाडि बढाइनेलगायत प्रविधिमैत्री व्यवस्था गरिनेछ । 
८४)    आन्तरिक आय वृद्धिको लागि करको क्षेत्र विस्तार गरिनेछ ।
८५)    कर्मचारीहरुको वृत्ति विकासका लागि आवश्यक तालिम, पुनर्ताजगी कार्यक्रम सञ्चालनसँगै दण्ड—पुरस्कारको व्यवस्था गरिनेछ ।
८६)    सम्भावित विपद्बाट नगरबासीहरुलाई सुरक्षित राख्न विपद् प्रतिकार्य तथा विपद् व्यवस्थापनसम्बन्धी विशेष कार्य सञ्चालन गरिनेछ ।
८७)    नगरभित्रका उपयुक्त पोखरीहरूलाई पौडी पोखरीको रुपमा विकास गरिनेछ ।
८८)     नयाँ सवारीसाधन खरिद गर्न चाहने नगरबासीहरुका लागि सम्बन्धित पक्षसँग समन्वय गरी निजी पार्किड्ड हुनुपर्ने नीति लागू गरिनेछ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).