हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार ११ गते
नेपाल केन्पो खुकुरी मार्शल आटर््स संघ बागमति प्रदेशको तेस्रो बागमती प्रदेश भेलामा अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् भने लामाको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत भएको हो । 
समितिको उपाध्यक्षमा केशव कवां र नविनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल, कोषाध्यक्षमा कल्पना विश्वकर्मा त्यसैगरी सदस्यहरुमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामांग, पुष्पराज भटराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी रहेका छन् । बाँंकी सात जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । 
भेलाको उदघाटन बागमति प्रदेशका सामाजिक  बिकाश  मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आटर््स संघका केन्द्रिय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केद्रिय सदस्य राजकुमार लघूलगायतले खेलको विकासमा आआफनो धारणा राखेका थिए । कार्यक्रम संघका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा भएको थियो । 
 
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).