2023-07-01 10:38:32
सिक्किमका मुख्यमन्त्रीका जनसम्पर्क अधिकारी रत्नमणि प्रधान सहित सिक्किम नेवाः गुथिका पदाधिकारी काठमाडौंमा ।
काठमाण्डौ असार १६ गते २०८०
सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङका जनसम्पर्क अधिकारी रत्नमणि प्रधान सहित सिक्किम नेवाः गुथिका पदाधिकारीहरु काठमाडौं आउनुभएको छ । जनसम्पर्क अधिकारी प्रधानसँग मुख्यमन्त्री कार्यालयका अन्य अधिकारीहरु पनि आउनुभएको छ । सिक्किममा नेवा समुदायले मनाइरहेको इन्द्रजात्राको बिषयमा जात्रालाई अझ भब्यरुपमा सफल बनाउन के कस्ता कार्य गर्न सकिन्छ र दुई देश विचको सांस्कृतिक सम्वन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्न उहाँहरु काठमाडौं आउनु भएको हो । सिक्किम नेवाः गुथिका अध्यक्ष निर्मल कुमार प्रधानको नेतृत्वमा गुथिका पदाधिकारी सहित काठमाडौं आउनुभएका रत्नमणि प्रधानले काठमाडौंको इन्द्रजात्रा ब्यवस्थापन समितिसंग मेटेर जात्राका बिषयमा छफलफ गरेका थिए । काठमाडौंको द्वारिका छेँमा बागमती प्रदेश सांसद शैलेन्द्र बज्राचार्यको प्रमुख आतिथ्यमा भएको छलफलमा समितिका अध्यक्ष गौतमरत्न शाक्य लगायत पदाधिकारी र जात्रासंग सम्वन्धित गुथिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा सिक्किम नेवाः गुथिका अध्यक्ष निर्मल कुमार प्रधानले सिक्किममा मनाइरहेको इन्द्रजात्रालाई सिक्किम सरकारले नै अपनत्व लिएर अघि बढीसकेकोले अवको दिनमा के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न नेपाल आएको वताउनु भयो । मुख्यमन्त्रीको कार्यालयका अधिकारी सूर्य प्रधानले सिक्किम सरकार आफै नेवार समुदायको भाषा कला संस्कृतिलाई अझ ब्यवस्थित गर्न नीति नै तयार गर्ने पक्षमा रहेकोले आवश्यक सुझाव र सल्लाहको लागि काठमाडौंको इन्द्रजात्रा ब्यवस्थापन समितिसंग सम्पर्कमा आएको वताउनु भयो ।
छलफल कार्यक्रममा प्रमुख अतिथि बज्राचार्यले हामी नेवाः भौगोलिक रुपमा जहाँ भएतापनि आफ्नो कला, संस्कृति, संस्कार संरक्षण संवद्र्धन गर्न यसलाई निरन्तरता दिन पन्छिन नहुने वताउनुभयो । उहाँले नेवाःहरु जो जहाँ भएतापनि पूर्खौली थलो नेपालमण्डल नै भएकोले यसबाट कोही अछुटो नहुने वताउँदै आ–आफ्नो स्थानबाट संस्कृति सम्वद्र्धनमा टेवाः पु¥याउनु पर्नेमा जोड गर्नुभयो ।
कार्यक्रममा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फवाट इन्द्रजात्रा ब्यवस्थापन समितिलाई र इन्द्रजात्रा ब्यवस्थापन समितिको तर्फबाट सिक्किम सरकारलाई मायाको चिनो आदानप्रदान गरेको थियो ।
छलफल कार्यक्रम पश्चात सिक्किम सरकारका प्रतिनिधि र सिक्किम नेवाः गुथिका पदाधिकारीहरुले बसन्तपुर स्थित राजकीय कुमारीको दर्शन गरेका थिए । भक्तपुरको दरवार क्षेत्रको पनि भ्रमण गरेको थियो ।











0 Comments