2023-07-02 08:07:22
शनिवार राती गुण्डुमा स्कुटर दुर्घट्ना चालक भक्तपुर पाण्डुबजारका कृष्ण कुमार त्वाटीको मृत्यु ।
भक्तपुर असार १६ गते २०८०
भक्तपुरको गुण्डुमा शनिवार राती करिव ०९ बजे गुण्डुको तिनधारेमा स्कुटर दुर्घट्ना हुँदा चालक कृष्ण कुमार त्वाटीको निधन भएको हो । गुण्डुबाट पाण्डुबजार तर्फ आउँदै गरेको बा ९३ प ५८८१ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घट्ना भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घट्नामा सु.न.पा. ६ पाण्डुबजार निवासी बर्ष ४५ को त्वाटीको मृत्यु भएको छ भने पछाडी बस्ने उनकी छोरी बर्ष १९ की अनिता त्वाटी सामान्य घाइते भएको र उपचार पछि डिस्र्चाज भईसकेको परिसर भक्तपुरले जनाएको छ । घट्नास्थलमा प्रहरी वृत्त जगातीबाट अनसन्धान कार्य भई रहेको परिसर भक्तपुरले जानकारी दिएको छ ।











0 Comments