2023-07-09 02:15:10
भक्तपुर अस्पताल स्तउन्नतीको लागि बागमती प्रदेशले २१करोड ५१लाख बजेत बिनियोजन गरेको छ ।
भक्तपुर असार २४ गते
भक्तपुर अस्पतालको स्तउन्नतीका लागि बिभिन्न शिर्षकमा २१ करोड ५१ लाख ६१हजार रकम बिनियोजन गरेको बगमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीले बताउनु भयो । भक्तपुर अस्पताल ११९ बर्ष पूरा भई १२० बर्षमा प्रवेश गरेको उपलक्ष्यमा गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री जोशीले प्रदेश सरकारले आव २०८० ८१ को बजेटबाट सिटिस्क्यान लगाएत बिभिन्न शिर्षकमा अस्पतालको स्तउन्नतिका लागि यो रकम विनियोजन गरिएको बताउँनु भयो । उहाँले अस्पतालले एकदम राम्रो काम गरिरहेको प्रत्यक्ष बिरामी र बिरामी कुरुवाहरुसँग गरेको कुराकानीबाट पनि आफुले थाहा पाउने अवसर मिलेकोमा धेरै खुशी लागेको बताउँदै अझ राम्रो गर्दै जान शुभकामना दिनु भयो । बगमती प्रदेशको नं.१ असपताल बनाउँन सकेकोमा मेसु, अध्यक्ष्य, डाक्टर, नर्स, कर्मचारी लगायत अस्पतालसँग सम्बन्धित सबैलाई बधाई दिनु भयो । मन्त्री जोशीले बागमती प्रदेशले अपाँगता भएका, जनआन्दोलनको घाईतेहरु ६५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु लगायतका बिभिन्न बर्गका बिरामीलाई सबै स्वास्थ्य उपचार निशुल्क गर्ने प्रदेश सरकारले निर्णय गरेको पनि जानकारी दिनु भयो । यी सबै बर्गको बिरामीलाई सबै सेवा निशुल्क गर्न पनि अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सरकारी र सामुदायीक अस्पतालको पहिचान भने कै देशमा संकट र आपतको बेला हुने कुरा कोभिडको समयमा जनताले अनुभव गरिसकेको बताउँनु भयो । उहाँले सरकारी असपताल राम्रो भए जनताले राम्रो सुबिधा पाउँन्छ भने उदाहरण ख्वप अस्पतालले कोभिडकालबाटै शुरु गरेको पनि बताउँनु भयो । कोभिडको बेला देखि नै ख्वप अस्पतालले सम्पूर्ण जनतालाई निशुल्क उपलब्ध गराउँदै आएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका बागमती प्रदेश प्रदेश सदश्यहरुले भक्तपुर अस्पताल सुधार र स्तउन्नतीका लागि आफुले भ्याएसम्म प्रयासहरु गरिरहने बताउँनु भयो । कार्यक्रममा अस्पतालमा कार्यरत उत्कृस्त डाक्टर, नर्स, कर्मचारीहरुलाई समान पनि गरेको थियो । साथै अस्पतालको ११९ बर्ष पूरा भई १२० बर्षमा प्रवेश गरेको उपलक्ष्यमा भक्तपुरमा कार्यरत पत्रकारहरुलाई निशुल्क होलबडी चेकअपको सुबिधा उपलब्ध गराएको थियो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष्य रमन कायष्ठको अध्यक्ष्यता भएकोे कायक्रममा अस्पतालका मेसु डा. सुमित्रा गौतमले स्वागत मन्तव्य दिनु भएको थियो ।












0 Comments