2023-07-09 02:55:37
११९ बर्ष पुरानो भक्तपुर अस्पतालले शुक्रवार भक्तपुर जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
भक्तपुर असार २४ गते २०८०
अस्पतालको ११९ बर्ष पूरा गरि १२० बर्ष प्रवेशको अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुर र भक्तपुर अस्पतालको संयुक्त आयोजनामा जिल्लाका पत्रकारहरुको निःशुल्करुपमा होल बडी परिक्षण गरिएको हो । होल बडी स्वास्थ्य परिक्षणमा रगत, पिसाव, दिसा, एक्सरे, ईसिजी र अल्ट्रसाउण्डको माध्यमबाट सिबिसि, एचबि, टिसी, डिसी, प्लेटलेस, टिएफटि थायरायड, ओक्युल्ट ब्लड, लिपिड प्रोफाइल, एलएफटी जनरल, क्रेटीनाइन, युरिया, जीटीटी÷ओजीटीटी जनरल, इएसआर जनरल, भिटामिन डी, पल्मोनरी फन्सन टेष्ट, युएसजीलगायतको जाँच गरिएको थियो । करिव ४० जना पत्रकारहरु बिहान ७ बजेदेखी ९ बजेसम्म उपस्थित भएका पत्रकारहरुको दिउँसो साढे एक बजेसम्म स्वास्थ्य परिक्षण गरिएको थियो । भक्तपुर अस्पताल डा. सुमित्रा गौतमको नेतृत्वले नेतृत्व सम्हाले पछि पछिल्लो समय देशकै नमूना अस्पतालको रुपमा विकास भएको छ । कुनै समय रिफर सेन्टरको उपनाम पाएको यो अस्पतालले अहिले काँचुली फेरेको छ । विभिन्न रोगको विशेषज्ञ सेवासहितको बिस्तारित सेवाले यो अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।

सधै आफ्नो पेशामा बेस्त रहने पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासन समक्ष पहल गरिरहेको बताउँदैं नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले त्यसको पहिलो पाईलाको रुपमा पत्रकारहरुको निःशुल्करुपमा होल बडी स्वास्थ्य परिक्षण आयोजना गरिएको जानकारी दिनुभयो ।
दैनिक स्थलगत रुपमा समाचार संकलनका लागि खटिनुपर्ने पत्रकारहरु स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ महासंघ भक्तपुर अस्पतालसँग सहकार्यमा पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागि परेको छ अध्यक्ष प्रजापतिले भन्नुभयो । अस्पतालका मेसु डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई आजको अवस्थामा पुर्याउन र देशकै उत्कृष्ट अस्पताल बनाउन पत्रकारहरुको पनि धेरै भूमिका रहेको बताउँदैं राज्यको चौंथो अंग, कोभिडको महामारीमा फ्रन्टलाइनमा सँगै काम गरेका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष रमण कायष्ठले अस्पतालमा मधुमेहको उपचारका लागि इन्डोक्रिनोलोजी सेवा, नशा रोगको उपचार शुरु गरिएको बताउँदैं निकट भविष्यमा आँखाको सम्पूर्ण उपचार शुरु गर्न आवश्यक तयारी भइरहेको बताउनुभयो ।
उहाँले आफु अस्पतालको अध्यक्ष्य सम्हालेको दिन देखी यहाँ भएका सेवालाई व्यवस्थित गर्ने र नयाँ नयाँ सेवा बिस्तार गरी भक्तपुर र आसपासका जिल्लाका नागरिकलाई स्वास्थ्यका सम्पूर्ण सेवा उपलब्ध गराउने योजनाका साथ अघि बढेको बताउँदैं सोही अनुसार अस्पतालमा विशेषज्ञसहितको सेवा बिस्तारको काम भइरहेको बताउनुभयो । अवको केहि महिना पछि नयाँ भवनमाबाट अझ ब्यवस्थित तरिकाबाट सेवा बिस्तार हुने पनि बताउँनुभयो ।
ीष्पभ तजष्कस्











0 Comments