हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार २५ गते २०८०
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर कमलविनायकले अन्तरंग र बहिरंग दुवै निःशुल्क उपचार गर्दै आएको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक नगरकोट बसपार्कका उत्तर पती रहेको एउटा भबन भाडामा लिई उसले निःशुल्क सेवा दिंदै आएको हो । साथै उपचार सेवा शुल्क र अन्य औषधि लिन केन्द्रले निःशुल्क उपचार गर्दै आईरहेको छ भने अन्तरंग र बहिरंग दुवै स्वास्थ्य सुविधा छ । 
स्वास्थ्य केन्द्रले आयुर्वेद सेवा प्रबद्र्धनका लागि स्थानीयस्तरका पत्रकारहरुसँंग आइतबार कार्यालयमै गरेको अन्तरक्रिया कार्यक्रमा कार्यालय प्रमुख आयुर्वेदिक चिकित्सक डा नरेन्द्रप्रसाद गिरीले नेपाल सरकारको व्यवस्था अनुसार आफूहरुले उहिलेदेखि नै सवै उपचार सेवा निःशुल्क गर्दै आएको जानकारी दिनुभयो । टिकट लिन, उपचार सेवा र २३ थरीको औषधिहरु पनि निशुल्क रुपमा उपलव्ध गराउँंदै आएको प्रमुख गिरीले बताउँनुभयो । यसबाहेकको औषधि भने १० प्रतिशत छुट सहुलियत दरमा औषधि खरिद गर्नसक्ने व्यवस्था पनि मिलाएको उहाँले बताउँनुभयो । स्वास्थ्य केन्द्रमा बहिरिंग सेवा, प्याथोलोजी ल्याब, पूर्वकर्म वा पञ्चकर्म सेवा, अकुपञ्चर, फिजियोथेरापी निः शुल्क औषधि वितरण तथा सशुल्क फार्मेसी सेवा सहित उपलब्ध रहेका छन् । साथै लक्षित वर्गलाई विशेष सेवाहरु पनि दिंदै आएको जानकारी दिनुभयो । जस अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य सेवा प्रवद्र्धन, स्तनपायी आमा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ट्राफिक प्रहरीका लागि नश्य कार्यक्रम सञ्चालित छन् । जनचेतनामूलक कार्यक्रम अन्तर्गत बिभिन्न समयमा राष्टिय अन्तर्राष्टिय योग दिवस, स्वास्थ्य जीवन कार्यक्रम, स्वास्थ्य जीवन प्रबद्र्धन कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम पनि सञ्चालित रहेको पनि केन्द्रले जनाएको छ । स्वास्थ्य केन्द्र
यहाँ वाहेक पनि जिल्लाका चार वटै नगरपालिकामा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क स्वास्थ्य सुविधा दिंदै आएको जनाइयो । नागरिक आरोग्य सेवा केन्द्र भक्तपुर नगरपालिका ६ चोंछे, नागरिक आरोग्य सेवा केन्द्र चाँंगुनारायण नगरपालिका ७ बागीश्वरी, नागरिक आरोग्य सेवा केन्द्र सूर्यविनायक नगरपालिका १० चितपोलमा रहेका केन्द्रहरुबाट पनि निःशुल्क सेवा दिंदै आएको जनाइयो । साथसाथै चांँगुनारायण नगरपालिका वडा न ५ खरिपाटीस्थित खरिपाटी आयुर्वेद औषधालय खरिपाटी, मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित मध्यपुर आयुर्वेद औषधालय लोकन्थलीमा रहेको जनाइएको छ ।
पछिल्लो आर्थिक वर्ष २०७९।८० मा बहिरंग सेवातर्फ असार २० गतेसम्म १९ हजार आठ सय ८० जनाले सेवा पाएको तथ्यांक छ भने पूर्वकर्म सेवातर्फ एक हजार पाँंच सय ७९ जना, फिजियोथेरापीतर्फ तीन हजार सात सय २४, अकुपञ्चरतर्फ दुई हजार आठ सय ५६, प्याथोलोजी ल्याव सेवा दुई हजार आठ सय ३१ ज्ना र औषधि वितरणतर्फ १९ हजार आठ सय ८० जनाले सेवा लिएको तथ्यांक पनि सार्वजनिक गरेको थियो ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).