हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार २६ गते २०८०
काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थिमि शाखाले मध्यपुर थिमि नगरपालिका भित्र नयाँ तालिका सहित समानुपातिकरुपमा खानेपानी वितरणको व्यवस्था गरेको छ । केयुकेएलले विगतको पानी वितरणको तालिकाको समिक्षा गर्दै नगरका सबै क्षेत्रका धारामा पानी आउने गरी नयाँ तालिकासहित खानेपानी वितरण शुरु गरेको हो । भक्तपुर जिल्लामा मध्यपुर थिमिको पुरै क्षेत्र र भक्तपुर नगरपालिकाको करिव आधा भागमा पानी वितरण गर्दै आइरहेको छ । केयुकेएल थिमि शाखाका प्रमुख ई.अनिल कुमार तिखत्रीका अनुसार खानेपानीको माग भने दैनिक एक करोड ८० लाख लिटर रहेको छ । तर बोडेस्थित पानी प्रशोधन केन्द्रले दैनिक ८० लाख लिटर मात्र खानेपानी उत्पादन गर्दै आइरहेको छ । डिजाईन र डिमाण्ड अनुसार पानी वितरण गर्ने हो भने दैनिक एक करोड ८० लाख लिटर पानी आवश्यक पर्छ उहाँले भन्नुभयो । उत्पादनको तुलनामा माग दोब्बर भन्दा बढी भएको अवस्थामा वितरणमा समस्या आउनु स्वभाविक हो भन्दै उहाँले भएका स्रोतको अधिकतम उपयोग गरी मध्यपुर थिमिका सबै धारामा पानी आउने वातावरण निर्माणको प्रयास भइरहेको पनि जानकारी दिनुभयो । बोडेमा उत्पादन भएको पानी भक्तपुर नगर र काठमाण्डौंको बानेश्वर शाखामा समेत पठाउनुपर्ने भएकोले थिमिमा भने जस्तो पानी वितरण गर्न नसकिएको जानकारीदिनुभयो । उहाँले हप्तामा दुई दुई दिनको फरकमा मध्यपुर थिमिमा पानी वितरण गर्ने नयाँ तालिका निर्माण गरी आइतवारबाटै वितरण शुरु गरेको जानकारी दिंदै नयाँ तालिका अनुसार पानी वितरणबाट सुधार हुनेमा विश्वस्त भएको बताउँदैं एक साता हेछौं, यसले के कस्तो परिणाम दिन्छ । 
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको पुरानो बस्तीमा नयाँ तालिका अनुसार पानी वितरण गरेपछि बिस्तारै कमेरोटार प्लानिङमा समेत  वितरण गरिने तयारी भइरहेको जानकारी दिनुभयो । प्रमुख श्रेष्ठले भनुभयो पुरानो बस्तीका धारामा नयाँ तालिका अनुसार पानी वितरणको परिक्षण शुरु गरेका छौं  यसमा सफल भएमा हामीसँग पानी वचत रहेमा सो पानी कमेरोटारमा वितरण गर्ने व्यवस्था मिलाउने छौं ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).