हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार २८ गते २०८०
असार २७ गते बुधवार करिव बेलुका ९ बजेको समयमा घरमा कोहि नभएको बेला लोकन्थलीमा चोरी भएको छ । काभ्रे नमोबुद्ध नपा २ घर भई लोकन्थली डेरा बस्ने बर्ष ३० की बिष्णु तिमिल्सिनाको फ्ल्याटबाट ११ लाख भन्दा बढीको धनमाला चोरी भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । लोकन्थली समिट अस्पताल पछाडी देबी थापाको ३ तल्ले पक्की घरको भुईतल्लामा बस्ने तिमिल्सिनाको कोठाबाट डेल कम्पनीको ल्यापटप १ थान, सुनको सिक्री १ तोलाको १ थान, आधा तोलाका सुनको तिलहरी १ थान, २ तोलाको हार १ थान, १ तोलाका सुनको बेरुवा १ थान, हिराको औठी १ थान, सुनको सिक्री १ थान, १ तोलाका सुनको छापावालाा औठी १ थाना, आधा तोलाको सुनको टप एक जोर, १ तोलाको सुनका झुम्का एक जोर र हिरा जडीत फुली १ थान गरि करिव ११ लाख ४५ हजार बराबरको धनमाल चोरी भएको परिसर भक्तपुरले जनाएको छ ।  


 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).