2023-07-18 12:44:28
स्व.गायक अरुण थापा स्मृति साँझ २०८० कठमाण्डौ फन भ्याली भक्तपुरमा दिन भरि २० प्रतिशत छुट ।
भक्तपुर श्रावण २ गते २०८०
स्वर्गीय गायक अरुण थापा स्मृति साँझ श्रावण ५ गते भक्तपुरको पलासेस्थित काठमाण्डौं फन भ्यालीमा हुने भएको छ । साँझ ३ बजेबाट फन भ्यालीको हलमा शुरु हुने साँझमा प्रवेश निशुल्क गरिएको छ साथै फन भ्यालीमा पानीमा रमाउनेलाई समेत २० प्रतिशत छुटको ब्यवस्था गर्ने आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । गायक अरुण थापाको २५ औं स्मृति दिवशको उपलक्ष्यमा चलचित्र विकास बोर्डका अध्यक्ष, सुपरस्टार तथा भुवन केसीको प्रमुख अतिथिमा हुने साँझमा नेपालका चर्चित तथा नवदित प्रतिभाशाली गायक गायिकहरुको प्रस्तुति रहने छ ।
जसमा गायक गायिकहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैंया धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रविन पलिखेल, श्रेया अगस्थि लगायतले स्व. अरुण थापाका चर्चित गितहरु प्रस्तुत गरिने आयोजकको रागरागीनी इन्टरटेन्मेन्ट प्रा.लिको अध्यक्ष गायक कपिल कसपालले बताउँनुभयो । यहीं श्रावण ५ गते शुक्रवार काठमाण्डौं फन भ्यालीको प्रायोजनमा स्मृति साँझ गर्न पाएकोमा खुशी लागेको बताउँदै कार्यकक्रका दिन दिन भरि नै फन भ्यालीमा रमाउन चाहनेलाई टिकटमा २० प्रतिशत छुट दिने फन भ्यालीका सञ्चालक दामोदर सिपाडोलेले बताउँनुभयो ।











0 Comments