हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण ४ गते २०८०
भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. ९ बाचामारीमा रहेको मदरल्याण्ड स्कूलले अन्तर्राष्ट्रिय अवार्ड  ‘इन्नोभेटिव स्कुल अवार्ड(२०२३’  प्राप्त गरेको छ ।
विगत १९ वर्ष देखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल सूर्यविनायक नगरपालिका वडा नं. ९ मा बाचामारी (भातेढिकुर)मा अवस्थित मदरल्याण्ड स्कूलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप उक्त अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड’ प्राप्त गरेको हो । 


एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिंगापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२३, सिङ्गापुर र मलेसियामा उक्त अवार्ड प्रदान गरिएको थियो । मदरल्याण्ड स्कुलले शैक्षिक गुणस्तर तथा सामाजिक क्षेत्रमा पनि योगदान दिएकोमा अब शिक्षामा सफलता पूर्वक नयाँ अभ्यास र प्रयोग गर्न उत्प्रेरित गर्दै अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानको कदर स्वरूप प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा मदरल्याण्ड सहित नेपालका ३३ वटा विद्यालयलाई विविध विधामा अवार्ड प्रदान गरिएको थियो । आयोजक एक्जिटोले नेपालका ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो ।


२०२३ जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न मुख्य अवार्ड कार्यक्रममा मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट अवार्ड ग्रहण गर्नुभएको थियो । अवार्ड प्राप्त गरेपछि प्रिन्सिपल खड्काले यो अवार्डले थप जिम्मेबारी प्राप्त गरेको धारणा राख्नुभयो । यस्तो अवार्डले नेपालको शिक्षा क्षेत्रको विकासमा लाग्न थप हौसला मिलेको बताउँदै मदरल्याण्ड स्कुललाई प्रविधि मैत्री बनाई अगाडि बढाउन अझै मेहनतका साथ लाग्न चुनौति थपिएको प्रिन्सिपल खड्काले बताउनु भयो।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).