2023-07-27 10:45:06
बुधवार राती सुर्यविनायकको भुलाँचा चोकमा दुर्घट्ना । स्कुटी चालक ईताछे बस्ने संजय पक्काको मृत्यु ।
भक्तपुर श्रावण १० गते २०८०
मिति २०८०।०४।१० गते बुधवार राती २१ः५२ बजे अरनिको राजमार्गको सुर्यविनायक भुलाँचा चोक स्थित राष्ट्रिय बाणिज्य बैंक अगाडी भिआर मोटरसाइकलले ठक्कर दिंदा स्कुटी अनियन्त्रित भई दुर्घट्ना भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । जगातीबाट सुर्यबिनायक तर्फ आउँदै गरेको बा ९५ प ६४१३ नं को स्कुटीलाई सोहि दिशा तर्फबाट आउँदै गरेको अल्फाबेट नम्बर नखुलेको भिआर मोटरसाइकलले ठक्कर दिँदा स्कुटी अनियन्त्रित भइ सोही तर्फ आइरहेको बा ४ ख ११७२ नं को टिपरको दाहिने पट्टीको अगाडीको चक्कामा ठोकिदा स्कुटी चालक घाईते भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । स्कुटी चालक भक्तपुर नगरपालिका वडा नं.२ इताछें बस्ने बर्ष ३०को संजय पक्का घाईते भई उपचारको लागी मध्यपुर अस्पताल थिमी लगेको र राती १०ः३० बजे अस्पताल श्रोतले मृत घोषण गरिसके पछि लास पोष्टमार्टमको लागि केएमसी दुवाकोट लगिएको परिसर भक्तपुरले जनाएको छ । स्कुटरलाई ठक्कर दिने भिआर मो.सा फरार रहेको र प्रहरीद्धारा खोजी कार्य जारी जनाउँदै स्कुटी टिपर र टिफर चालक जिल्ला काभ्रे भुम्लु गा।पा ७ बस्ने बर्ष २४ को राजेन्द्र माझी वृत्त जगातीको नियन्त्रणमा रहेको पनि जनाएको छ ।











0 Comments