2023-08-08 05:20:15
भक्तपुरको हनुमन्ते खोलाको घाट एवं तिर्थस्थलहरु दुवानमा ।
भक्तपुर श्रावण २३ गते २०८०
सोमवार राती देखि बिहानसम्म परेको पानीले भक्तपुरको हनुमन्ते खोलामा पानीको बहाव बढे पछी खोलाको दायाँबायाँमा रहेको तिर्थस्थल एवं घाट दुबानमा परेको हो । धार्मिक तिर्थस्थल एवं घाट दुवान परे पछि अस्पतालबाट ल्याएको लास हनुमान घाटमा राख्ने ठाउँ नभए पछि सडक छेउको पाटीमा राख्नु परेको छ ।
घाटको उत्तरतिर रहेको परोपकार स्कुलमा समेत पानी भित्र पसेको हुनाले आज स्कुल चलाउन नसकिने अवस्था छ भने बाटोमा आवात जावत गर्नलाई समेत अप्थ्यारो परेको छ । त्यस्तै भिसिंख्यो स्थित सिद्धि स्मृति अस्पताल पनि दुवानमा परेको छ ।
खोलामा पानी बढेसँगै अस्पताल क्षेत्र भित्र खोलाको पानी पसेर ईमर्जेन्सी कोठामा पानी पसेर उपचारमा समस्या आएको अस्पताल श्रोतले जनाएको छ । त्यस्तै चुपींघाट स्थित शिवालयमा पनि खोलाको पानी भित्र पसेर जलमग्न भएको छ । उता राममन्दिरमा मन्दिर क्षेत्रभित्र पानी पसेर भित्र जान नसकिने अवस्थामा छ । मन्दिर क्षेत्र भित्र करिव ६ फिट जति पानी रहेको अनुमान गरिएको छ । मन्दिरको उत्तर पूर्वमा रहेको करिव ५० रोपनी जतीको धानखेत पूरै दुवानमा परेको छ । उता हनुमान घाट (मंगल तिर्थ)को अवस्था पनि त्यस्तै छ । खोला छेउमै खुल्ला रुपमा रहेको पाटी मन्दिर लगायत शिवालयहरु छाना र गजुरमात्र देखिएको छ । खोलामा पुरानो पुल भत्काएर नयाँ बनाएको फराकिलो अग्लो पुल माथिसम्म पानीले छोइसको छ भने सडकबाट पानी बगिरे नगर भित्र जानको लागि आवत जावत गर्न नसकिने अवस्था छ ।
भक्तपुरको हनुमन्ते खोलाको दायाँबायाँ दुवान पर्नुमा मुख्य कारण मंगल तिर्थ पुलको पश्चिम पट्टि देखि सल्लाघारीको पुलसम्म खोला निकै साघुरो भएकोले हो । मंगल तिर्थ भन्दा माथि हनुमान घाटसम्म करिव ५०, ६० फिटको फराकिलो छ भने त्यो भन्दा पश्चिम पट्टि १०,१५ फिटको मात्र फराकिलो होला ।
भक्तपुर नगरपालिकाले मंगल तिर्थ देखि माथि धेरै पटक खोलाको माटो झिकेर सफा गरेता पनि त्यो भन्दा तलतिरको नागबेली साँघुरो खोलामा ध्यान नदिएको देखिन्छ । माथिबाट बगेर आएको पानी निस्किने निकास साँघुरो भएकै कारण बर्षेनी सो क्षेत्र दुवान पर्ने गरेको हो । अहिलेसम्म सरोकारवालाले धार्मीक क्षेत्र र स्थानिय जनताको बेवास्ता गरेको जस्तो देखि रहेको छ । सो साँघुरो क्षेत्रलाई यथासिघ्र फराकिलो गरेर आगामी दिनमा धार्मिक तिर्थस्थल र स्थानिय जनताको धनजनको सुरक्षाको लागि नगरपालिका लगायत सम्वन्धि सरोकार वालाहरुको ध्यान जान अति जरुरी छ ।










0 Comments