2023-08-29 04:26:51
भक्तपुर जिल्लामा सापारु पर्वको लागि परम्परगत बाजागाजा, सास्कृतिक नाचगानमा युवा पुस्ताको आकर्षण ।
भक्तपुर भाद १२ गते २०८०
भक्तपुर जिल्लामा बिशेष गरि भक्तपुरमा यो बर्ष भाद्र १४ गते मनाउने सामारु (गाईजात्रा) पर्वलाई लाक्षित गरि बिभिन्न बाजागाजा लगायत परम्परगात ब्यग्यात्मक बोलमा नाचगान तयारी भईसकेको छ । सापारुको दिन देखि नौ दिनसम्म घेङटाङ घिसी लगायत बिभिन्न नाचगान, ख्यालहरु नगर परिक्रमा गरि बिभिन्न टोलटोलमा देखाउने गरिन्छ । यस्तोखालको परम्रागत बाजागाजा सास्कृतिक नाचगानमा युवा पुस्ताको आकर्षण बढ्दै गईरहेको छ ।
आजभोली सास्कृतिक परम्परागत मौलिक बाजा, नाचगान लगायत खेलहरुलाई पनि नगरपालिकाले बिशेष महन्व दिएसँगै पुवापुस्ताको पनि आकर्षण बढेको देखिन्छ । भक्तपुरको सापारुको बिश्व मै छुटै पहिचान बोकेको घेङटाङ घिसी नाचमा बजाउने बाजाको लागि करिव ३ महिना अगाडी देखि सिकाउने गरिन्छ । धेङटाघिसी बोलमा नाच्नको लागि बिशेष गरि लालाखीं, धाँः बाजा, धेमाःबाजा बजाउँने सँगै भुछ्या, सिछ्या, टँ बाजाहरु बजाउने गरिन्छ भने यो बोलमा नाचनको लागि भक्तपुर वासीको रगतमै हुने भएकोले बच्चादेखि नै नाच्न सिपालु हुन्छ ।
तिन महिना अगाडीबाट बाजा सिक्दै गरेको प्रशिक्षार्थीहरुलाई नासःद्य मन्दिरमा पूजा गरेपछि मात्र बाहिर बजाउने अनुमति दिइैन्छ । यसै क्रममा भक्तपुर नगर भित्र बिशेष गरि नासःद्य नासमनाको नासःद्य, ईनाचो नासचास्थितको नासःद्य र दिपक्कर बुद्धको अगाडि दक्षिण पट्टि गलिमा अवस्थित नासःद्यमा आफुलाइ पायक पर्ने अथवा पहिला देखि मान्दै आएको ठाउँमा गएर पूजा गरिने गरिन्छ । यस ठाउँमा प्रशिक्षार्थी हरुलाई सामूहिक पूजा गराई गुरुबाट बाजा हस्तान्तरण गर्ने गरिन्छ र त्यसपछि बाहिर बजाउने अनुमति दिएको मानिन्छ । यस भन्दा अगाडी अखाले (गोप्यकोठा)मा सिकाउने गरिन्छ भने प्रशिक्षार्थीहरु बाहेक अरु बाहिरको ब्यक्तिहरुलाई प्रवेश निषेध गरिएको हुन्छ ।
यस्तो नाचगान भक्तपुर जिल्लाको बिभिन्न नेवाः बस्ती भएको टोल टोलमा र गाँउहरुमा प्रत्येक बर्ष सिकाईरहेको हुन्छ । सापारुको उपलक्ष्यमा भक्तपुर नगर पालिकाले नौ दिनसम्म चल्ने गुन्हुपून्हीमा देखाउन ल्याउने नाचगान र बाजागाजाको प्रतियोगितामा सामेल गरि बिभिन्न चोकमा मुल्याङकण समिति राखेर मुल्याङण गरि पुरस्कारको पनि बेवस्था गरिएको छ ।











0 Comments