हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र १३ गते

फोटो ः प्रकाश मल्ल
भक्तपुर जिल्लामा आज गुन्हीपुन्ही पर्व भव्यरुपमा मनाउँदै छ । भक्तपुरमा बिशेष गरेर आज भक्तपुर औधोगिक क्षेत्र व्यासी स्थित कालीदह (गोसाई कुण्ड)मा स्नागरी शिवजीलाई पूजा गरेर मनाईन्छ । भक्तपुर च्याम्हासिहँ स्थित गरुद कुण्ड र नगरकोट स्थित महादेव पोखरीमा पनि बिशेष मेला लाग्ने गर्छ । गोसाई गुण्ड पुग्ने नसकिने भक्तजनहरु यी स्थानमा गएर स्नन गरि शिवजीलाई पूजीने परम्परा छ । त्यस्तै नेवाः समुदायमा आज ब्यान्चा जा नकेगु अर्थात भ्यागुतोलाई खाना खुवाउँने गरिन्छ ।

धानबालीमा लाग्ने किराहरुबाट जोगाउने भ्यागुतोलाई खाना खुवाउने परम्परा छ । त्यस्तै बिभिन्न मन्दिरहरुमा क्वाटी सहित भातबाट बनाएको गोजा (गोलोचुचो) ब्यान्चा न्हेकं (मुलाको चाक्लो टुक्रा बनाएको सिन्कामा राखेको) भ्यागुतोलाई मनपर्ने खानाहरु राखेर धान खेतमा पूजा गर्ने परम्परा छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).