2023-09-08 16:14:33
भक्तपुरको आदर्शमा चोकमा दुर्घट्ना एक जनाको घट्नास्थल मै मृत्यु दुईजना घाइते ।
भक्तपुर भाद्र २२ गते .
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोक नजिक दुईटा मोटरसाइकल एक आपसमा ठोकिन्दा एक जनाको मृत्यु भएको छ । शुक्रवार राती ७ बजेर ३९ मिनेटमा आदर्श चोक भक्तपुर फ्युल सेन्टर अगाडी जगातीबाट सुर्यविनायक तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२ । ०२३ प २८५९ नं. को र विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३ । ०२ । ००२ प ६९३ नं.को मोटरसाइकल एक आपसमा ठोकिएर अनियन्त्रित भई सुर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३ । ००१ ख २४११ नं. टेलर गाडीमा ठोकिएर दुर्घट्ना भएकोे महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । फोटो जेनित श्रेष्ठको फेशबुकबाट
गाडीमा ठोकिएको प्रदेश ३ । ०२ । ००२ प ६९३ नं.को मोटरसाइकलमा पछाडी बस्ने काभ्रे जिल्ला बनेपा नपा वडा नं.२ घिमिरेगाउँ बस्ने बर्ष २५ की नविना काफ्ले घिमिरेको घट्नास्थल मै मृत्यु भएको परिसर भक्तपुरले जनाएको छ भने पोष्टमार्टमको लागि लाश केएमसी दुवाकोट लगिएको छ । घाइते मोटरसाइकल चालक काभ्रे बनेपा नपा २ घिमिरे गाँउ बस्ने बर्ष ३०को किरण घिमिरे र अर्का चालक सुनकोशी गापा ४ घर भई नलिन्चोक बस्ने बर्ष ३२को प्रहरी जवान हिरा बडाल रहेको दुवै जना मध्यपुर अस्पताल थिमिमा उपचार भई रहेको छ भने गाडी चालक पर्सा विरगन्ज मनपा २ बस्ने बर्ष २५को हासिब हुसेन अन्सारीलाई साधन सहित जगाती वृतमा राखिएको परिसर भक्तपुरले जनाएको छ ।











0 Comments