हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असोज १ गते २०८०
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. ८ लुंथांःबुं (दोकाचा) स्थित सिद्धि गणेशको चोठा पूजा (गणेश चतुर्थी)का दिन खट जात्रा गर्ने भएको छ । उक्त खटमा राख्ने धौलौटको गणेशको मूर्ती आईतवार भाद्र शुक्ल द्धितियाका दिन प्राण प्रतिस्थापन तथा भजन घर शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले भजन घर निर्माणका लागि तत्काल १० लाख रुपैया दिने बचन दिनु भयो । नेपाल सस्कृतिको धनी देश त्यस्मा पनि सुर्य विनायक नगरपालिकामा बिश्व प्रशिद्ध डोलेश्वर महादेव, उपत्यकामा पूजीने गणेश मध्य जेठो गणेशको रुपमा सुर्यविनायक गणेश, बिभिन्न शिव मन्दिर लगायतका धेरै मन्दिरहरु रहेको बताउँदै यस्ता सम्पदा र संस्कृति जोगाई राख्न नगरपालिकाले पहल गरिरहेको पनि जानकारी दिनुभयो । थोरै बोल्ने धेरै काम गर्ने आफ्नो बानी भएकोले कुरा भन्दा काम गर्नु र नियम संगतले राम्रो काम गरेको खण्डमा नगरपालिकाले सहयोग गरिरहने पनि बताउँनु भयो । 


त्यस्तै बिषेश अतिथि वडाध्यक्ष पुष्पराज बस्नेतले कार्यक्रममा बोल्दै अरनिको राजमार्ग देखि लुंथांःबुं जाने बाटो वडा कार्यालयसम्म जानको लागि छोटो दुरीको बाटो भएकोले बाटो स्तउन्नतीको लागि यो बर्ष नै सम्पूर्ण काम सकाउने हिसावले काम अगाडी बढाउने बचन दिनु भयो । कायक्रममा टोलका स्थानीय बासिन्दा समाज सेवीहरुले यस क्षेत्रमा अहिलेसम्म पनि बाटोहरुको स्तरउन्नति गर्न नसकेकोमा नगर प्रमुख तथा वडाध्यक्षको ध्यानाकर्षण गर्नु भएको थियो ।

यस क्षेत्रमा अरनिको राजमार्ग देखि बलाँको दथु फल्चासम्मको पूर्व पट्टिको वडा नं.८को क्षेत्र अहिलेसम्म पनि सडकहरुको स्तउन्नति गर्न नसकेको र वडावाट समेत केहि पहल नभएको देखिन्छ । वडा नं. ६ मा त्यहि प्रकृतिको सडकहरु सबै पिच भई सकेको छ भने वडा नं. ८ मा आजको मितिसम्म ग्राबिल पनि गर्न सकिरहेको छैन । सुर्यविनायक मन्दिर जाने भक्तजनहरुको समेत गुनासो यो छकी यति पुरानो बस्तीमा अहिलेसम्म ग्राभेलसम्म गर्न नसकेको भन्दै के नगरपालिका र वडाले यस क्षेत्रका जनतालाई हेपेको हो की स्थानीय जनताले नै नचाहेको भने प्रश्न उठाउन थालेको छ । भक्तपुर नगरपालिकाबाट सुर्यविनायक गणेश मन्दिर दर्शनको लागि आवत जावत गर्ने मूलबाटो भुलांचा चोकबाट लुंथांःबु हुँदै दथु फल्चा निस्किने गरिन्छ । तर पनि वडा कार्यालयको प्राथमिकता पर्न सकेको छैन । भक्तपुर जिल्लालगायत बिभिन्न जिल्लाबाट आउने भक्तजनहरुको गुनासोलाई मध्य नजर गरी यस क्षेत्रमा नगरपालिका तथा वडा कार्यालयले यथासिघ्र बाटो स्तउननतिको लागि पहल गर्न आवश्यक रहेको देखिन्छ ।  





0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).