हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असोज ३ गते २०८०
मंगलवार मंगल चौथी र गणेश चतुर्थीका दिन सूर्यबिनायक नगरपालिका वडा नं. ८मा रहेका दुई छुट्टाछुट्टै स्थानमा गणेश जात्रा सम्पन्न भएको छ । जसमध्ये एक लुथांबु(दोकाचा) स्थित लुथांबु सिद्धि गणेशको जात्रा पनि हुन । लुंथांःबुं टोलमा अवस्थित यस गणेश मन्दिर २०५० सालमा गंगा प्रसाद प्रजापतिको अगुवाईमा साँगा खोचमा रहेको सिद्धि गणेशलाई यस स्थान तान्त्रिक विधिबाट बिधिवत स्थापना गरेको थियो । सो स्थानमा पहिला दोका (भुलां) थियो त्यसैको नामले दोकाचा भने गरिन्थ्यो । बस्ती बिस्तासँगै अग्लो स्थान (भुलां)लाई सम्याएर बाटो (सानो चोक)को रुपमा परिवर्तन गरिएको थियो ।   
 लुंथांःबुं नाम भने राजा रणजित मल्लको पालामा रहन गएको थियो । लुंथांःबुं नाम रहन गएकोमा एक किंवदन्ती रहेको छ । किंवदन्तीमा अनुसार सो स्थानमा एक किसानले आफुले कमाएको खेतमा खन्ने क्रममा सुनको थाम भेटिएको थियो । भेटिएको सुन आफैले राख्न डराए पछि जग्गा धनीकोमा बुझाउन लग्यो । जग्गा धनीले पनि यो सुन तिमीले भेटेको हो त्यसैले तिमी आफै राख्नु भने । भेटिएको सुन दुबैले राख्न नमानेको कुरा टोलमा हल्ला हुन थाले । एक कान दुई कान मैदान हुन्दै यो कुरा राजाकोमा पुग्यो । त्यसै बखत राजाले दुबै पक्षलाई बोलाएर वास्तविक कुरा बुझ्न खोजे । सम्पुर्ण कुरा थाहा पाएपछि राजाले त्यसो हो भने यो सुनको (लायकु) दरवार क्षेत्रमा रहेको लुध्वाका (द्वार) बनाउछु भन्दा दुबै पक्ष राजी खुशी भए र सन १७५४ मा उक्त सुनले नै हालको लुँ ध्वाका ९न्यमिभल नबतभ० मा जलप लगाएको भन्ने जनश्रूति रहेको छ । यसरी खेत खन्दा सुनको थाम भेटिएको खेत भएकै कारण यस स्थानको नाम लुंथांःबुं रहन गएको थियो । नेपाल भाषाबाट लुं को अर्थ सुन हो भने थां को अर्थ थाम हो र बुं को अर्थ खेत हो । यही तिन अक्षर मिलाएर नेपाल भाषामा लुंथांःबुं हुन गएको हो ।

२०५०सालमा स्थापना गरेता पनि लुंथांःबुं सिद्धि गणेशको जात्रा भने यस साल बि.सं. २०८० देखि सुरु गरेको हो । यस लुथांबु सिद्धि गणेश मन्दिर नजिकै पूर्व पट्टि ३ आना पर्टी जग्गामा भजन घर बनाउनको लागी २०८० भाद्र ३१ गते सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले शिलान्यास गरि काम शुरुको लागि नगरपालिकाबाट रु १० लाख दिने घोषणा गर्नु भएको ब्यवस्थापन समितिले जानाएको छ । तीन तल्ले भजन घर निर्माणका निम्ति ईच्छा भएका ब्यक्तिहरुले स्वईच्छाले सहयोग गरिदिन लुंथांःबुं सिद्ध गणेश मन्दिर व्यवस्थापन समिति बिनम्र अनुरोध गर्दछ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).