हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर कार्तिक १९ गते २०८०
यस बर्षको स्वंती नखा (तिहार) कार्तिक २४, २५ २६ २७ र २८ गते मनाउन भक्तपुर नगरपालिकाले आग्रह गरेको छ । आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको स्वन्ती नखा (तिहार) मनाउने विषयमा  तलेजुका मूल पुजारीहरू तथा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायष्थ र ज्योतिष श्री केदारप्रसाद दैवज्ञसहितको उपस्थितिमा बैठक बसेको छ । उक्त बैठकले तलेजुका मूल पुजारीहरूको सुझाव र तिथि अनुसार २०८० कार्तिक २६ गते अपरान्ह २ बजेर १४ मिनेटपछि औंसी लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कार्तिक २७ गते अपरान्ह २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकोले उक्त दिन साँझ म्हः पूजा गर्ने र कार्तिक २८ गते अपरान्ह २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकोले सो दिन किजापूजा गर्ने निर्णय गरेको छ ।


बैठकमा भक्तपुर नपाका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, तलेजुका मूल पुजारीहरू प्रजेशराज राजोपाध्याय,  महेश कर्माचार्य, पदमलोचन कर्माचार्य समेतको उपस्थिति यो निर्णय गरेको हो । यही निर्णय अनुसार स्वन्ती नखा (तिहार) मनाउन आग्रह गरी भक्तपुर नगरपालिकाले निर्णय भएको सूचना जारी गरेको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).