2024-01-03 07:00:35
भक्तपुरको ज्याठा गणेशमा २१ ब्राम्हणद्धारा २१ दिने रुद्रिपाठ सञ्चालन भईरहेको छ ।
भक्तपुर पुष १८ गते २०८०
भक्तपुर नगरपालिका वडा नं. ४ तालाक्व (कुम्हःत्व) स्थित ज्याठा गणेश मन्दिर प्रङ्गणमा २१ ब्राम्हणद्धारा २१ दिने रुद्रिपाठ संचालन भईरहेको छ । नेपाल मै पहिलो दावी गरिएको उक्त रुद्रि अहिले सम्म कहीँ पनि नगरिएको बताउँनु भयो । सास्त्रमा उलेख गरिएको दावी गर्दै रुद्रिपाठका मुल संयोजक सरोजन राजउपाध्याले पहिलो पटक ज्याठा गणेशमा शुरु गरिएको बताउँनुभयो ।

कुनै पनि कामको थालनी गर्न गणेशलाई पूजा गरिने परम्परा भएकोले ज्याठा गणेश अर्थात कामको थालनी गर्ने गणेशको रुपमा पूजा गरिन्दै आएको हुनाले यहाँबाट शरु गरिएको जानकारी दिनु भयो । प्रत्येक दिन बिहान ७ः३० बजे देखि रुद्रिपाठ शूरु गरि करिव एक घण्टामा अन्तमा आरती गरी सो दिन पाठ सम्पन्न गरिन्छ । कार्यक्रममा संयोजकको रुपमा सरोजन, इवेश, गिरीश, पिपुल आमोद राजउपाध्यय लगायत २१ जना ब्राम्हणले पाठ गरिन्छ । कार्यक्रम सहयोगीको रुपमा स्थानीय श्री ज्याठा गणेश दाफा भजन तालाक्व रहेको छ ।











0 Comments