2024-01-07 12:14:59
भक्तपुरको नैचालस्थित गोम्वो डाँडामा बुद्धको मुर्ति स्थापन गरेको छ ।
भक्तपुर पुष २२ गते २०८०
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वाडा नं. ८ आशापुर महादेव जाने बाटोमा पर्ने नैचाल टोलको गोम्बो डाँडामा शनिवार थेरवादी प्रचलन अनुसार बुद्धको मुर्ति प्रतिस्थापन गरेको हो । उक्त मुर्ति भक्तपुर नगरपालिका वडा नं. ७ स्थित मुनि बिहारको सक्रियतामा मित्र राष्ट्र थाईलाण्डबाट प्राप्त भएको बुद्ध मुर्तिलाई थेरवादी प्रचलन अनुसार अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष्य फ्रा ख्रु विशाल धमोशोभन महास्थविर भन्ते ज्युको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रदेश सदश्य किरण थापामगर ज्युले उक्त क्षेत्रमा बिकाशको लागि हिजो पनि लागिरहेको र अहिले पनि लागिरहेने वाचा गर्नुभयो । यस क्षेत्रमा बडाध्यक्ष्य भएको बेलामा पनि विकाशको लागि धेरै काम गरेको सम्झिंदै अव प्रदेशमा पनि बजेटको माग गरिने बताउँनु भयो । हाल स्थानीय जनताले श्रमदन, नगददान गरि मुर्ति प्रतिस्थान स्थान सम्याएर र जस्ताको छाना सहित बनाईसकेको छ । त्यस्तै कार्यक्रममा सोही वडाका वडाध्यक्ष्य पुस्पराज बस्नेतले मुर्ति प्रतिस्थान क्षेत्र विकाशको लागि सुर्यविनायक नगरपालिकाले ५ लाख रुपैँया सहयोग गर्ने भएको जानकारी दिनु भयो । मुर्ति स्थापनासँगै यस रमनीय क्षेत्रमा आन्तरिक पर्यटकहरु बढ्ने बिश्वास लिएको स्थानीयहरुको भनाई छ । उक्त स्थानबाट पूर्व तिर काँक्रेवारी पश्मि उत्तर माथि बोकाचो गढी टावर जान पनि नजिक पर्ने स्थानियले जानकारी दिएको छ । बुद्ध मुर्ति भक्तपुरको खँचा स्थित मुनि बिहारबाट गाडीमा राखेर मोटर साईकल र्याली गरि सुर्यविनाकय, घ्याम्पे डाँडा हुँदै पाटी भाँज्याग पुगेर स्थानीय जनताहरुको सहभागीतामा बाजागाजा सहित गोम्बो डाँडा पुर्याईएको थियो ।










0 Comments