हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ १० गते २०८०
नेपाल संवत्को आठौँ शताब्दी देखि भक्तपुरको हनुमानघाट स्थित त्रीवेणीमा सुरु भएको मानिने माधव नारायणको व्रत भोलीबाट शुरु हुँदैछ । प्रत्येक वर्षको पौषशुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना व्रत बस्ने परम्परा रहेको छ । त्रीवेणी स्नान हेर्ने भक्तजन र पत्रकारहरुको भिड लाग्ने गरिन्छ ।


माधवनारायणको व्रत बस्ने व्रतालुहरुले व्रत शुरु गर्नु अघिल्लो दिन देखि निराहार बस्नु पर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले माधवनारायणलाई पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । पुरुष व्रतालुहरुले शरिरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिनी गरी विन्ती गरी स्नान गरिसके पछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा छ । 
 किवंदन्ती अनुसार काठमाडौंको साँखुमा माधवनारायणको व्रत बस्ने प्रचलन शुरु हुन ुभन्दा पहिले देखी नै भक्तपुरको हनुमानघाट स्थित त्रीवेणीमा व्रत बस्ने प्रचलन रहेको संस्कृतिबिदहरुले बताएका छन् । 
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).