2024-02-16 12:41:06
मध्यपुर थिमि नगर व्यापी भजन प्रतियागित फागुण २५ गते कुतिंचिवा चपाचोमा हुने।
भक्तपुर फागुण ४ गते २०८०
हाम्रो कला हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पति भन्ने नारालाई सार्थक तुल्याउन प्रथम मध्यपुर नगर व्यापी भजन प्रतियोगिता गर्न लागेको आयोजक समितिले जनाएको छ । परम्परागत भजनलाई युवा तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ पञ्चरंग भजन समूह र कुतिंचिवा भजन खलको संयुक्त आयोजनामा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा यही फागुन २५ गते शुक्रवार महाशिवरात्रीको पावन अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र भजन खलःलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र सान्त्वना २ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका कोषाध्यक्ष अमुना श्रेष्ठले जानकारी दिनुभयो ।
नगरभित्रका भित्र करिव ७५ वटा भजनखलः रहेको तथ्यांक रहेको आयोजक समुहका अध्यक्ष कान्छाकाजी प्रजापतिले बताउँदै प्रतियोगितामा भने करिव १५ देखि २० वटा भजन खलःहरूको सहभागिता हुने अनुमान गरेको बताउनुभयो । अध्यक्ष प्रजापतिले प्रतियोगितामा करिव ४ लाख खर्च हुने अनुमान गरेकोमा २ लाख रूपैयाँ मध्यपुर थिमि नगरपालिकाले सहयोग गर्ने आश्वासन पाएको र बाकी २ लाख रूपैयाँ स्थानीय ब्यक्ति तथा सामाजिक संघसंस्थाबाट आर्थिक सहयोग संकलन गर्ने योजना रहेको बताउनुभयो । प्रतियोगिता निष्पक्ष होस् भनेर मध्यपुर थिमि नगरपालिका बाहिरका ४ जनाको निर्णायक टोली रहने जानकारी दिँदै अध्यक्ष प्रजापतिले प्रतियोगितामा एउटा भजनलाई बढिमा १५ मिनेटको समय दिएको समेत बताउनुभयो । प्रतियोगितामा सहभागी हुने भजन खलहरुले फागुण १५ गते सम्म नाम दर्ता गर्नुपर्ने समय सिमा तोकिएको छ ।












0 Comments