2024-02-24 13:02:18
‘व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी सिरिज वन’ भक्तपुर लायकुको लामो पाटीमा हुने । प्रदर्शनीमा करिव ८० बर्ष पहिला देखि हालसम्मको फोटोहरु हुने छ ।
भक्तपुर फागुण १२ गते २०८०
भक्तपुर पर्यटन विकास समितिले यही फागुन १८ र १९ गते भक्तपुरका ऐतिहासिक एवं पुरातात्विक महत्वका एउटै परिवरका तीन पुस्ताले खिचेका ६८ वटा फोटो ‘व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी सिरिज वन’ भक्तपुरको दरवार क्षेत्रमा गर्ने भएको छ । सम्भव त भक्तपुरकै पहिलो फोटोग्राफर अर्थात भक्तपुरका पायोनियर
फोटोग्राफर भनपा वडा नं.९ सल्लाँ गढोशस्थान निवासी दत्तत्रीय फोटो स्टुडियोका संस्थापक स्व. बद्री प्रसाद बनेपालीका परिवारका तिन पुस्ताले खिचिएका फोटोहरु प्रदर्शनीमा राखिने छ । स्व. बनेपालीले करिव ८० बर्ष पहिला खिचिएको र छोरा केदार प्रसाद बनेपाली र नाति किसन र नातिनी सुनी बनेपालीबाट खिचेका ऐतिहासिक महत्वका सम्पदाहरुको फोटो प्रदर्शनी गर्न लागेको हो । उक्त प्रदर्शनीमा ८० वर्ष पुराना भक्तपुरको अवस्थालाई नियाल्न सकिने र सम्पदा निर्माणमा के कस्ता फरकपन भएको छ भनी हेर्न पाउने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेश राज शर्माले जानकारी दिनुभयो। अध्यक्ष्य शर्माले पुराना तस्विरकै कारण विभिन्न देशबाट पुराना मूर्तिहरु फिर्ता ल्याउन सकेको बताउँदै बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक फरक कालखण्डको फोटोहरु भक्तपुरको परिवर्तित जीवनशैलीसँगै सम्पदाहरुमा आएको परिवर्तन समेत देखाउन प्रदर्शनी हुनलागेको बताउँनुभयो। प्रदर्शनीमा राखिएका कतिपय तस्विरहरु अहिले अस्तित्वमा समेत नभएको बताउँदै अध्यक्ष्य शर्माले तिनीहरुको मौलिक स्वरुपमा पुनर्निर्माण गर्न सघाउने समेत बताउँनुभयो । उक्त प्रदर्शनी नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायण मान विजुक्छेँले गर्ने छ भने प्रदर्शनीका फोटोहरु अवलोकनसँगै विक्रीका लागि समेत राखिने आयोजक समितिले जानकारी दिएका छन् । प्रदर्शनी विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहने आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा बरिष्ठ फोटोग्राफर एवं पत्रकार केदार बनेपालीले फोटो पत्रकारिताका विगत र वर्तमान अवस्थाबारे जानकारी दिनुभयो। म्यानुअलदेखि डिजिटलसम्म आइपुग्दा धेरै परिवर्तन भैसकको स्मरण गर्दै उनले आफ्नो बुबाले खिचेका पुराना फोटोहरु क्यानाडामा प्रदर्शनी गरेपछि मात्र यस्तो प्रदर्शनीको सोच पैदा भएको समेत जानकारी दिनुभयो।











0 Comments