2024-03-18 05:29:35
सिपाडोलस्थित सेतिदेवी खानेपानीको अध्यक्षमा बस्नेत, सचिवमा थापा
भक्तपुर चैत्र ५ गते
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ स्थित सेतिदेवी खानेपानी तथा सर–सफाई उपभोक्ता समूहको अध्यक्षमा मुरारी बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
शनिबार भएको समूहको पाँचौं साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा बस्नेत सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस्तै, समूहको उपाध्यक्षमा गीता थापा, सचिवमा विश्वराम थापा, कोषाध्यक्षमा बालहरी थापा तथा सदस्यहरुमा मैना थापा, श्रीराम थापा, शंकर के.सी. र हरिशरण भुजेल सर्वसम्मत रुपमा चयन भएका छन् ।











0 Comments