2024-03-19 01:25:28
सुर्यविनायक चोक देखि जगाती चोकसम्म बाटो जाम भैरहेको छ ।
भक्तपुर चैत्र ६ गते२०८०
अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायक चोक देखि जगातीसम्मको बाटो निर्माण कार्य भैरहेको हुनाले बाटो जाम भैरहेको छ । सुर्यविनायक चोक देखि आदर्श चोकमा पिच सडक खनेर नाली बनाउँने क्रम भैरहेकोले दायाँबायाँ को बाटो सुचारु गरिएको भए तापनि आज राती जगातीबाट सुर्यविनायक तर्फ आउने बाटोमा एउटा गाडी फसिरहेको हुनाले सो बाटो अवरुद्ध भैरहेको छ । त्यसैले हाल जगातीबाट आउने बाटो गाडी चल्न नसकिने अवस्थामा दायाँको बाटोलाई टुवे गर्दा सुर्यविनायक बाट पुर्व जाने साधनहरु जाममा फसिरहेको छ । काठमाण्डौबाट जगाती पूर्व जाने साधनहरु बैकल्पिक बाटो सल्लाघारीबाट नै पुरानो बाटो प्रयोग गरे सहज हुने देखिन्छ ।











0 Comments