2024-04-26 09:09:57
बिजुलीको तार सर्ट भई गाई फार्ममा आगलागी करिव १९ लाखको क्षती ।
भक्तपुर बैषाख १४ गते २०८०
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १ तर्खाल स्थित ईश्वर न्यौपानेको जस्ताको टहराको गाई फर्ममा अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको छ । राती गरिव ११ः१० बजे भएको आगलागी करिव एक घण्टा पछि स्थानीय, प्रहरी र दमकलले राती १२ः१३ बजे नियन्त्रणमा लिईएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घट्ना स्थलमा प्रहरी वृत थिमीले तत्काल प्ररम्भिक अनुसन्धान कार्य गरिएको छ । अनुसन्धानबाट निम्न धनमालको क्षति भएको परिसरले जानकारी दिएको छ । १, होलीस्टे जातको गाई २ वटाको अन्दाजी मुल्य तिन लाख २, जर्सी गाई ६ वटाको आठ लाख, ३,कोरेली गाई २ वटाको एक लाख, ४, टहरा क्षेती भएको अन्दाजी अन्दाजी सात लाख, ५, भाडा कुडा अन्दाजी दश हजार गरि जम्मा १८ लाख ९० हजार बराबरको धनमाल क्षेती भएको परिसर भक्तपुरले जनाएको छ ।











0 Comments