हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भाद्र ९ गते २०८१

फोटो उत्तम सुवालको फेसबुकबाट
शनिवार हलेसीबाट भक्तपुर फर्किने क्रममा सिन्धुलीको बेलटारस्थित सुनकोशी नदीमा खसेको भक्तपुरका हाइलाण्डर जिममा सवार ४ जना मध्य एक जना बाच्न सफल भएको छ भने ३ जना अझै ब्यपत्ता छन् । जिपमा सवार भक्तपुर नगरपालिका जगाती निवासी बर्ष २७ का सुशान्त कक्षपति बच्न सफल भएको छ भने चालक सुर्यविनायक नपा ६ का ३२ बर्षीय अबिन बके, भक्तपुर नपा ७ जगातीका ३० बर्षीय पुनित सैन्जु र भक्तपुर नपा २ ब्यासीका ३७ बर्षीय बलराम घटुव बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिनुभयो ।


सिन्धुलीको बेलटारस्थित सुनकोशीमा खसेको जिप आईतवार बिहान भेटिएको छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटको टोलीले जिप नदीमा भेटाएको हो । अहिले जिपलाई हुकले अड्काएर राखिएको र जिप निकाल्नको लागि स्काभेटर आउँदैं गरेको खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका डिएसपी बलराम प्रसाईंले बताउनुभयो । नदीमा पानी धमिलो र पानीको वेग उच्च भएका कारण खोज तथा उद्धारमा कठिनाई भइरहेको जानकारी डिएसपी प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको पानी धमिलो उच्च भएका कारण खोज तथा उद्धारमा कठिनाई भएको छ ।
उहाँले जिपमा सवार वेपत्ता यात्रु भने अझै फेला नपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, जिपलाई निकालेपछि मात्र यात्रुको अवस्था थाहा होला । अहिलेसम्म वेपत्ता यात्रुको बारेमा कुनै जानकारी प्राप्त भएको
जिपमा ४ जना सवार रहेको र एक जना हामफालेर बाहिर निस्केको जानकारी दिँदैं उहाँले हामफालेर बाहिर निस्केका २७ वर्षीय सुशान्त कक्षपतीको खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो । उनको कुम र टाउकोमा चोट लागेको छ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).