हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र १० गते २०८१

श्री कृष्ण प्रणामी सेवा समिति नेपाल दुवाकोट झौखेल इकाई समितिको आयोजनामा श्री राधा कृष्ण सत्सङ्ग भवनमा वितक समापन कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य श्रेष्ठले खानपानमा सुधार नभएसम्म समाज पनि सुधार नहुने बताउनुभएको हो । हामीले खाने खानपान नै सुद्ध छैन भने हामीले उक्त खानापनबाट पाउने तत्त्व पनि सुद्ध हुँदैन, आहार विहार स्वच्छ तथा सुधार हुन सके मात्र समाज पनि सुद्ध हुने हो नत्र जस्तो खानपान त्यस्तै समाज विकास हुने उहाँले बताउनुभयो । कृष्ण प्रणामीहरूले सुद्ध खानपान गर्नुहुन्छ उहाँहरूको समाजमा कलह कम नै छ जीवन यापन पनि सहज नै छ यस्तै खानपानमा सुधार गरी हामीले समाज परिवर्तनका लागि धर्मको मार्ग पनि प्रयोग गर्न सकिने उहाँको ठम्याइ थियो । 


यस्तै कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले राम्रो कामको लागि सबै एक जुट हुनु पर्ने बताउनुभयो । धर्म भनेको ज्ञानगुनका कुरा नै भएको बताउँदै यो ज्ञानगुनका कुरा समाज विकासमा लगाउनुपर्ने समेत उहाँले बताउनुभएको थियो । 
वितक समापन कार्यक्रममा वितकका क्रममा खुल्ला चित्रकला प्रतियोगिताका सहभागीहरू तथा विजेताहरूलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो । वितक कथा वाचनका क्रममा कृष्ण भगवानमा आधारित भएर चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । 
एक महिने वितक कथा वाचनको समापनमा चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधान, चाँगु दुवाकोट खानेपानी समितिका अध्यक्ष प्रद्युम्न पोखरेल, लगायत सेवा समितिका जिल्ला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).