2020-12-10 00:00:48
चिठी पठाउँदै ओलीले भने, ‘प्रचण्डको प्रस्ताव निःशर्त फिर्ता नभएसम्म बैठकमा आउँदिन’ (चिठीसहित)
- सत्तारुढ दल नेकपाको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए। बरु उनले बैठकमा नआउनुको कारणसहितको पत्र सचिवलाय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत पठाए।
- उनले पत्रमा गएको कात्तिक २८ गते सचिवलायमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘अभियोग पत्र’ निःशर्त फिर्ता नभएसम्म बैठकमा नआउने बताएका छन्।
- उनले विधानविपरित फौजदारी आरोपहरु लगाएर राजनीतिक प्रस्तावका नाममा अभियोग पत्र पेश गरेको र अनाधिकृतरुपमा सबै ठाउँमा वितरण गरेको पत्रमा उल्लेख गरेका छन्। ओलीले पत्रमा स्थायी कमिटी सदस्यहरुले बुद्धिमता पुर्याउनेसमेत विश्वास व्यक्त गरेका छन्।











0 Comments