हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ २८ गते २०८१
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको नगदेशमा आईतवार माघ २७ गते भिष्म द्धादशीका दिन पुलुकिसी जात्रा प्रदर्शन गरिएको छ । विगत १२ वर्षदेखि बन्द रहेको ऐतिहासिक यो जात्रा स्थानीय युवाहरूको सक्रियतामा यस वर्ष प्रदर्शन गरिएको हो ।
स्वस्थानी व्रतकथामा आधारित पुलुकिसी जात्रा विगतमा हरेक वर्ष नगदेशमा जात्रा गर्दैआएको भए पनि विगत १२ वर्षदेखि खर्च व्यवस्थापन गर्न नसकेर जात्राले निरन्तरता पाउन नसकेको नगदेश लाय्‌कु दरबार समितिका सदस्य भाइजन बाडेले बताउँनुभयो । नगरपालिका र स्थानीयहरुको सहयोगमा युवाहरुको सक्रियतामा यस वर्ष धुमधामले पुलुकिसी जात्रा प्रदर्शन गरिएको बताउनुभयो ।


काठमाडौ र भक्तपुरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा गरिन्थ्यो भने थिमी र नगदेशमा स्वस्थानी व्रतकथाको आधारमा गरिँदै आएको छ । माघ महिनाभर वाचन हुने स्वस्थानी व्रतकथा अनुसार हात्तीले राजकुमारको रूपमा व्राह्मणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्तता दिँदै आएको स्थानीयहरु बताउँन्छन् ।

राजकुमार छनोट भएको खुशियालीमा भोजभतेर गर्दै नगदेशवासीहरूले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ भने यो पर्व मनाउँदै सुयोग्य वरवधूको मनोकांक्षा राख्दै युवापिढीहरूले पनि व्रत बस्ने परम्परा रहेको स्थानीयले बताए । हरेक वर्ष भीमाद्वादशीको दिन नगदेश नगर परिक्रमा गरि पुलुकिसी जात्रा देखाउने परम्परा रहेको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).