हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर फागुण ३ गते २०८१
जडिबुटीको सहीतको परम्परागत मौलिक खानालाई व्यावसायिकरण गर्ने उद्धेश्यका साथ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्थाको लघुवित्त तथा वचत कोष परिचालन उपसमितिको आयोजनामा भएको कार्यक्रममा डा. सरिता श्रेष्ठले नेपालको मौलिक खाना वैज्ञानिक रुपले पोषण युक्त भएको बताइन् । नेवाःहरुको विभिन्न पर्वको खानाको छुट्टै विशेषता र अद्धितीय भएको बताउँदै उहाँले यसलाई पकाउने र खाने शैलीमा विज्ञान लुकेको गरिन् । त्यस्तै कार्यक्ममा परम्परागत औषधी जडिबुटी र औषधीको सही प्रयोगसम्वन्धि पुस्तकका सम्पादक पूर्णभक्त दुवालले गलत, बिग्रेका वा म्याद नाघेका औषधि सेवन गर्नाले रोग ठीक हुनुको सट्टा अर्को रोग वा उपद्रव भई पैसा, समय र स्वास्थ्य बरबाद हुनसक्ने हुँदा सहि, नबिग्रेको, गुणवान् औषधि मात्र प्रयोग गर्नुपर्ने सल्लाह दिनुभयो । नेपाली बजार विदेशी जडिबुटीबाट बनेको औषधिले भरिएको र नेपाली उत्पादन धरासायी भएको पनि बताउँनुभयो।
जडिबुटी र परम्परागत उत्पादन थलोमा पुर्‍याएर ‘कृषक समूह गठन गरी प्राविधिक प्रशोधन तालिम दिएर व्यवसायसँग जोड्नुपर्ने जानकारी दिंदै परम्परागत खाना र जडिबुटीलाई आयआर्जनको माध्यम बनाउन सहकारी संस्थाहरुले पहल गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सदस्यहरुको आय आर्जन वृद्धि गर्न र क्षमता अभिवृद्धि गर्न सहकारीले विभिन्न तालिम दिंदै आएको जानकारी दिएको थियो भने सहकारीका वित्त अधिकृत चन्द्रप्रसाद दुमरुले स्वागत गरेको थियो । कार्यक्रममा सहकारीका सञ्चालक रत्नश्वरी चवालले सिद्धि गणेशले सदस्यहरुको स्वास्थ्य सवल पार्दै आय आर्जन गर्ने हौसला दिन कार्यक्रमको आयोजना गरेको जानकारी दिएको थियो।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).