हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर फागुन ९ गते २०८१
ग्लोबल नेपाली वमन फोरमले भक्तपुरको दुई वटा सामुदायीक स्कुलहरुमा नाक, कान घाटीको निशुल्क जाँचको सिबिर संचालन गरेको थियो । उक्त शिबिर भक्तपुरको चन्देश्वरी आधारभुत विद्यालय र वरदायणी आधारभुत विद्यालयमा गरेको थियो । चण्डेश्वरी आधारभुत स्कुलमा १२३ जना र वरदायणी आधारभुत स्कुलमा ६२ जना बिद्यार्थीको नाक, कान, र घाटीको चेक जाँच गरेको थियो । उक्त शिविरमा केही बिद्यार्थीहरुको कान भित्र फोहर भएको पाईएको छ भने धेरै विद्यार्थीहरु सामान्य रहेको पाईएको आयोजकले जनाएको छ । कान भित्र फोहर भएका विद्यार्थीहरुलाई कान सफा गर्ने औषधीहरु पनि निशुल्क वितरण गरेको थियो । शिविर प्रायोजक रजनी प्रधान, कुमार नापित र सपिला राजभण्डारी रहेका छन् भने सहयोगी संस्थाहरुमा सुजल फुडस् प्रा.ली., ईएनटी हेल्थकेर, स्टार अस्पताल र वल्र्ड नेवाः अर्गनाइजेशन रहेका छन् । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).