2025-05-18 13:31:30
बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ भक्तपुरमा आयोजना हुँदैछ ।
भक्तपुर जेठ ४ गते २०८२
सूर्यविनायक नगर सितोरियो कराते संघले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै, संघको आयोजनामा ‘बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराते प्रतियोगिता–२०८२’ को आयोजना गर्न लागेको जानकारी दिन आज पत्रकार सम्मेलन गरेको छ । उक्त प्रतियोगिता यही आउँदो जेठ ९ र १० गते दुई दिन जगातीस्थित शेराटन ब्याङ्क्वेट, सूर्यविनायक नगरपालिका–८, भक्तपुरमा भव्य रूपमा सम्पन्न हुने कार्यक्रम रहेको छ।
सूर्यविनायक नगर सितोरियोकराते खेलको माध्यमबाट युवा पुस्तामा अनुशासन, आत्मबल, आत्मविश्वास, नेतृत्व र राष्ट्रिय गौरवका भावना उत्पन्न गर्न अभिप्रेरित गर्दै, प्रतियोगितालाई राष्ट्रिय स्तरकै प्रतिष्ठित कार्यक्रमको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको कार्यक्रम संयोजक राम शरण त्वातीले बताउँनुभयो। उहाँले यस्ता प्रतियोगिताहरू केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई राष्ट्रिय स्तरका भावी खेलकुद नायकहरू निर्माण गर्ने आधारशिला पनि हुन्।
भक्तपुर जिल्लाको सितोरियो करातेले विगतमा अन्तर्राष्ट्रिय गौरव प्राप्त गरिसकेको इतिहास पनि यस अवसरमा स्मरणीय छ। ८औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा (साफ) अञ्जु हाछेथु र बिना सुवालले स्वर्ण पदक जितेर देश र जिल्लाको नाम उच्च भएको त्यसैगरी, १०औं साफमा रामशरण त्वाटी र सुलोचना सिजाख्वाले पनि स्वर्ण पदक प्राप्त गर्दै करातेमा भक्तपुरको प्रभुत्व कायम भयो भन्दै १३औं साफमा त मन्दे काजी श्रेष्ठको दोहोरो स्वर्ण पदक ऐतिहासिक कीर्तिमान नै भएको थियो। यस्ता सफलताहरूले प्रमाणित गर्छन् कि यस प्रकारका प्रतियोगिताहरू खेलाडीको भविष्य निर्माणमा अत्यन्तै आवश्यक छन्।
यसपटकको मेयर कप प्रतियोगितामा करिब १० स्थानीय तहका टिमहरूको सहभागिता रहनेछ, जसमा भक्तपुर, मध्यपुर, चाँगुनारायण, सूर्यविनायक,
प्रतियोगिता खेलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै सञ्चालन गरिनेछ, जसमा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूले निर्णयकारी भूमिका निर्वाह गर्नुहुनेछ। उहाँहरूको उपस्थितिले खेलहरूमा निष्पक्षता, पारदर्शिता र व्यावसायिकताको प्रत्याभूति गर्नेछ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री श्री किरण थापाज्यूको उपस्थिति रहनेछ। त्यस्तै, पुरस्कार वितरण तथा समापन समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख श्री वासुदेव थापाज्यूले प्रमुख अतिथिको रूपमा प्रतियोगिता समापन गर्नुहुनेछ।
प्रतियोगिताको समापनमा हरेक तौल समुहका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ। साथै, समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विशेष सम्मान स्वरूप ट्रफी प्रदान गरिनेछ, जसले टोली भावना र एकता झल्काउनेछ। कातातर्फ पनि उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारको व्यवस्था गरिएको छ।
यस प्रतियोगितामा बूढानीलकण्ठ, पनौती, बनेपा, चन्द्रागिरी, काठमाडौं र गोदावरी नगरपालिकाहरूबाट सहभागिता रहने छन्।
प्रतियोगितामा पुरुष र महिला दुबै वर्गमा विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा हुनेछ। महिला तर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी र काता विधामा ७ वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिनेछ। पुरुष तर्फ ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी र काता विधामा ८ वटा इभेन्टहरू आयोजना गरिनेछ। यस विस्तृत खेल तालिकाले विभिन्न उमेर र क्षमताका खेलाडीहरूलाई सहभागी हुने अवसर प्रदान गर्दछ, जसले समावेशिता र समतामा आधारित खेल संस्कृति विकास गर्न मद्दत गर्नेछ।











0 Comments