2025-05-23 11:18:51
दुईदिने कुमार ग्वाछा स्मृति बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर सम्मको सहभागिता
भक्तपुर जेठ ९ गते २०८२

दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ २००० मुनि बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट भक्तपुरको महेश्वरी बैक्वेट थुसाचामा शुरु भएको छ । प्रतियोगिता नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसाद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेर अन्तर्राष्ट्रिय आर्विटर तथा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय सदस्य निरञ्जन प्रजापतिलाई चेस बोर्ड र गोटी हस्तारण गर्नु भयो । साँसद सुवालले बुद्धिचाल प्रतियागिता बुद्धि अर्थात दिमाग लगाएर खेल्ने खेल भएको बताउनुहुँदै खेलमा हुने हारजित अस्थायी भएको र मित्रता स्थायी भएको हुँदा प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरु अनुशासित भएर मित्रता कायम गर्न खेल्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ। प्रतियोगितामा २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ भने भारतबाट ४ र इंग्ल्याण्डबाट १ जना जना खेलाडीको पनि सहभागी रहेको छ । प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समुहको सहभागिता रहेको छ।
प्रतियोगितामा शुक्रबार ५ राउण्ड हुने र बाकी ४ राउण्ड शनिबार हुने नेपालको पहिलो अन्तराष्टिय आरविटरले ज्ञानेन्द्र खाइजुले बताउँछन् । प्रतियोगिता
भक्तपुर नगरपालिका वडा नम्बर ४ र ७ का वडाअध्यक्षको सहभागिता रहेको थियो । भक्तपुर नगरपालिका वडा ७ को भक्तपुर युवा टीमद्धारा आयोजना गरिएको हो ।











0 Comments