हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर जेठ १७ गते २०८२ 
 भक्तपुरको सल्लाघारी चौरमा जेठ १८ गते आइतबारदेखि २३ गते शुक्रबारसम्म यामाहा एक्स्चेन्ज अफर चल्ने भएको छ । यामाहा मोटर साइकलको ब्लु फेस्ट अन्तर्गत सो एक्चेन्ज अफर सल्लाघारीस्थित ९९ रोपनीको खुला चौरमा चल्ने भएको हो । सो अफर प्रत्येक दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने  आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्चेन्जमा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरहरु ल्याई नयाँ यामाहा ब्राण्डका विभिन्न मोडेलका नयाँ मोटरसाइकल, स्कुटीहरु लान सकिने व्यवस्था मिलाएको छ । जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटीको न्युनतम मूल्य २५ हजार र यामाहाको भए न्युनतम ५० हजार (कर चुक्ता भएको) मूल्यमा साट्न सकिने व्यवस्था रहेको भक्तपुरका आधिकारिक विक्रेता द व्हीलस् प्रालिका व्यवस्थापक इन्जिनियर सुरेश कवांले जानकारी दिनुभयो । याहामाका आधिकारिक विक्रेता कवांले स्थानीयस्तरमा भक्तपुरमा हुन लागेको यो पहिलो एक्चेज अफर हो, यहाँबाट सहज तरिकाले फाइनान्सको सुविधामा पनि उपलब्ध गराउने जनाएको छ  । नयाँ खरिदमा न्युनतम ६ हजार छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).