2025-07-20 05:34:49
भक्तपुरका चकलेटले लेखेको नेवारी चलचित्र गालय वनले सर्वोकृष्ट पुरस्कार पाए ।
भक्तपुर श्रावण ४ गते २०८२

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ को प्रतिस्पर्धामा आदिवासी जनजातितर्फबाट नेपाल भाषाको (नेवारी) चलचित्र गालय् वन ले सर्वोकृष्ट चलचित्र पुरस्कार पाएको फिल्मका निर्देशक संयुक्त स्थापितले बताउनु भयो । पुरस्कार पाएको उपलक्ष्यमा चलचित्र ‘गालय् वन’ को टिमले भक्तपुरको सल्लाघारी स्थित नेवाः ननीमा उत्सव मनाएको छ । टिमले सर्वोकृष्ट चलचित्र पुरस्कार पाएकोमा शनिबार लेखक चकलेटको आफ्रनो जिल्ला भक्तपुरमा सो उत्सव मनाएको हो । चलचित्र गालय् वनका कथा भक्तपुरको इताछें निवासी विज्ञान पक्का ९चकलेट०ले लेखेको हो । शनिवार नेवाः ननी चोङा गणेशमा उत्सवसँगै फिलिमका बिषयमा छलफल गरिएको थियो ।











0 Comments