हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण १२ गते २०८२
यही जुलाई २३ देखी २७ तारीकसम्म उज्बेकिस्तानको ताशकेंट शहरमा आयोजना भएको वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका भक्तपुर सुर्यविनायक नपा वडा नं. ६ साम्ले (सुन्दरवस्ती) निवासी बसिल त्वायनाले रजत पदक जीतेका छन । प्रतियोगिताको दोश्रो दिन ८० देखि ८५ केजी तौल समूहमा उज्बेकिस्तान, फ़्रांस, अज़रबैजान र नेपालका खेलाड़ीबीच लीग चरणमा खेलाईएको थियो । सो खेलमा नेपालका बसीलले पहिलो खेलमा आयोजक उज़्बेकिस्तानका खेलाडी जीदीरोभ मोहम्मद लाई हराई ३ अंक हासिल गरे भने दोश्रो खेलमा अज़रबैजानको खिलाडी मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अंक प्राप्त गरेको थियो । तेश्रो खेलमा फ्रांसका खिलाड़ी मलभिन पेरीईले वॉकओवर दीदा ९ अंक बटुली फाइनल प्रबेश गरेका थिय। तेश्रो दिन ७ अंक बटुली फाइनल प्रबेश गरेका फ्रांसकै खेलाड़ी मलभिन पेरीई बीच भएको फाइनल खेलमा भने नेपाल का बसील पराजित भई रजत पदक मैं चित्त बुझाऊँनू परेको थियो। क़रीब दुइ बर्ष अगाड़ी मात्र नेपाल भित्रिएको यस सभात खेलको बिश्व प्रतीतोगीतामा आफ़नो खेलाड़ीले सभात खेलको पावर हाउस मानीने देशहरू लाई पराजित गरी सभात खेलको जन्मदाता देश फ्रांसको खेलाडीसंग फाइनलमा उत्कृष्ट प्रदर्शनको बाबजुद पराजित भई रज़त पदक मै चित्त बुझाउनू परे पनि एकदम गर्व महसूस भएको नेपाल साभातका सस्थापक अध्यक्ष तथा टीम कोच एवं एशियन सभात कन्फ़िडेरेशन का कार्यकारी सदस्य समेत रहेका लक्ष्मण बस्नेत बताऊनु भयो । नेपालको खेलाड़ी फाइनल प्रबेश गरी फ़्रांस जस्तो नम्बर वन टीमको खेलाड़ीसंग पराजित भए पनि धेरै देशका कोच तथा खेलाड़ीहरू प्रभावित भएको प्रशिक्षक लक्ष्मण बस्नेत जानकारी दिनुभयो । यस खेललाई नेपालका तीनै तहका सरकारले लगानी गरी सहयोग गर्ने हो भने नेपाल लाई पनी सभात खेलको पावर हाउस मध्य एक बनाईं बिश्वमा नेपालको शिर उच्च राख्न सक्ने आत्मबिश्वास रहको प्रशिक्षक बस्नेत बताउनुभयो।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).